आज मिति वि.सं.२०८१ कार्तिक १ गते बिहीबार || ई.सं.२०२४ अक्टोबर १७ तारिख || नेपाल सम्बत ११४४
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन आफू कमजोर भएको अनुभूति हुनसक्छ । व्यावसायिक काममा फाइदा उठे पनि तत्काल खर्च गर्नुपर्ने योग छ । अप्रिय समाचारले मन खिन्न रहला । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा लाभ हुनेछ । काममा परिवारजनको सहयोग जुटाउने कोशसि गर्नु उचित हुनेछ । मातृशक्तिबाट पनि लाभ उठाउन सकिनेछ । मित्रजनको सहयोगबाट आर्थिक कार्यमा सफलता प्राप्त हुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अरूलाई प्रभावित पारेर काम लिन सकिने समय छ । कीर्तिमानी काम सम्पादन होला । दाम, इनाम र प्रतिष्ठा कमाउने योग छ । तर, विगतका निर्णयले काम बिग्रन सक्छ । बेसुरमा वचन दिने बानीले दुःख पाइने सम्भावना छ । मान्यजनको सुझावप्रति विश्वास नलाग्न सक्छ । बौद्धिक काममा सफलता र पारिवारिक समस्याको समाधान मिल्नेछ ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, सचेत रहनुहोला । गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ । पैत्रिक सम्पत्तिको उपयोगबाट थप लाभ हुन सक्छ । पराक्रम बढ्नेछ, शत्रुमाथि विजय प्राप्त होला ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने समय छ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । तर, समयमा होश नपुग्नाले खर्च बढ्न सक्छ । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्, सचेत रहनुहोला । जोखिम बढ्नेछ । रसरागमा आकर्षण रहनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । कतै अतिथिका रूपमा सम्मान पाइने समय छ । रमाइलो यात्राको मौका जुर्न सक्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ, ध्यान राख्नुहोला । सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ । आरोग्यता र प्रेमभाव बढ्नेछ । कलात्मक काममा सफलता मिल्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
श्रमको उचित मूल्यांकन हुन नसक्ने समय रहेकोले न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने दिन छ । बन्धुबान्धव, इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । आकस्मिक खर्च बढ्ने योग छ । आरोग्यबल बढ्नेछ । प्रेमभाव वृद्धि एवम् यात्राजन्य कार्यमा सफलता प्राप्त हुनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
दिन खासै उत्साहजनक नरहन सक्छ । आजको प्रयत्न निष्फल जस्तै होला । काम बिग्रने भयले सताउनुका साथै लगानी, दौडधुप, श्रम र प्रयत्न निष्फल बन्नसक्ने योग छ । स्वादिष्ट भोजनको अवसर जुरेपनि सबल स्वास्थ्यका लागि खानपानमा सजगता अपनाउनु हितकर होला । आजको दिन सहयोगीहरूले पनि त्यत्ति साथ नदिन सक्छन्, ध्यान राख्नुहोला ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । अरूले आलोचना गर्नसक्छन्, काममा रोकावट र मानसम्मानमा आघात पार्ने कोशिस हुन सक्छ, तर जित तपाईंकै हुनेछ । लेखन तथा अध्ययन-अध्यापनमा भने त्यति समय दिन नसकिएला । आफन्तको साथ सहयोग प्राप्त हुनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
गरिएका कर्मको उचित प्रतिफल पाइने समय छ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ, तर यात्राको व्यवस्थापनमा खर्च हुने देखिन्छ । प्रतिस्पर्धामा लापर्वाही गर्दा निकै नोक्सानी व्यहोर्नुपर्ने अवस्था आउन सक्छ, ध्यान राख्नुहोला । कृषिकर्ममा केही समस्या देखिए पनि धन आर्जन गर्ने मौका जुर्न सक्छ । मिठो भोजन प्राप्त हुनेछ । रसरागात्मक काममा आकर्षण रहला ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने समय छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ उठाउन सकिनेछ । व्यापारमा पनि फाइदा नै हुने देखिन्छ । तर, खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने योग भएकोले सबल स्वास्थ्यका लागि विशेष ध्यान राख्नु उचित हुनेछ । पढाइलेखाइमा समय दिन नसकिएला । सामर्थ्य वृद्धि होला । नियमकानूनले साथ दिनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नुपर्ने समय छ । सफलताका लागि थप प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । तथापि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । व्यक्तिगत कमी-कमजोरीमाथि टिप्पणी हुनसक्छ, सचेत रहनुहोला । बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना रहेकोले बोली र व्यवहारमा विशेष सजगता अपनाउनु हितकर हुनेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यस्तता बढ्नेछ । ग्रहयोगले काममा अवरोध आउने देखिएपनि प्रतिष्ठित काम गर्ने अवसर जुर्ला । आयआर्जन पनि राम्रै हुने समय छ । सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले काममा फाइदा हुन सक्छ । आत्मविश्वास बढ्नेछ भने विशिष्ट व्यक्तित्वसँग भेटघाट होला । पारिवारिक जमघटमा मन रमाउनेछ । सुख विलास पनि बढ्नेछ।