News Portal

मोरङको रंगेली नगरपालिका खुल्ला दिशामुक्त घाेषणा

हिमाली संचार संवाददाता
६३५ पटक

रबिन्द्र बराल : मोरङको रंगेली नगरपालिकाले अाफ्नाे नगर भित्र खुल्ला दिसा मुक्त घाेषणा गरेको छ । नेपाल सरकारले २०१७ सम्मा नेपाललाई खुल्ला दिशामुक्त घाेषणा गर्ने लक्ष्य लिए पनि उक्त कार्यक्रम समयमै सम्पन नभएपछि त्यसलाई पुनः नेपाल सरकारले अाफ्नाे कार्यक्रमलाई निरन्ता दिएकाे थियोे ।

बिहीबार नगरपालिका काे सभा हलमा एक कार्यक्रम काे अायाेजना गरि खुल्ला दिशा मुक्त घाेषणा गरेको छ । नगरपालीकाले खुल्ला दिसापिसाव मुक्त नगरका लागी आवश्यक सुचक पुरा गर्दैे खुल्ला दिसापिसाव मुक्त नगरको रुपमा स्थापना गर्न सफल भएको छ ।

प्रतिनिधी सभा सदस्य एव पुर्वआपुर्ती मन्त्री शिवकुमार मण्डलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमा नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र थापा मागरले प्रतिवेदन प्रस्तुत गर्दे नगरलाई खुल्ला दिशापिसाव मुक्त नगरपालीका घोषण गरीएको जानकारी गराएका थिए । शिवकुमार मण्डलले खुल्ला दिशापिसाव मुक्त नगरको व्यानरमा हस्ताक्षर गर्नु काे साथै सहभागी मेयर, उपमेयर, वडाध्यक्ष जनप्रतिनिधी सहित विभिन्न सघ संस्थाहरुका प्रतिनिधीहरुले समेत सामुहीक प्रतिवद्धता पत्र व्यानरमा हस्ताक्षर गरेका थिए।

कार्यक्रममा प्रदेशसभा सदस्य लिला बल्लभ अधिकारी, ज्ञानेश्वर राजवंशी, जिल्ला समन्वय समिति माेरङका प्रमुख एवम् जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छ समन्वय समितिका अध्यक्ष नरेश कुमार पाेख्रेल, रमेश कुमार केसी, नगरपालिका उपमेयर केशब कुमारी खराल, रंगेली नगरपालिका प्रसासकिय अधिकृत, संयुक्त राष्ट्रसंघीय निकायका यू.एन हयाबिट्याटका झापा, माेरङ, सुनसरी का संयाेजक विनाेद शर्मा, मातृभुमि महिला समाजका कार्यकारी निर्देशक चन्द्र बहादुर बिष्ट, सामुदायिक विकास समाजका अध्यक्ष गंगा प्रसाद यादव, मातृभुमि महिला समाज माेरङका जिल्ला संयाेजक शान्ता दहाल, वडाध्यक्ष रामचन्द्र मंन्डल, धन्शयाम पनेरु, महान्नद मंन्डल, जितनारायण खवास लगायतकाे उपस्थित रहेको थियोे ।

उक्त कार्यक्रम रंगेली नगरपालिकाका मेयर दिलिप बगडियाकाे अध्यक्षतामा कार्यक्रम सम्पन भएको थियोे ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...