News Portal

श्रीलंकामा राजनीतिक संकट, संसद बैठकमा कुटाकुट !

हिमाली संचार संवाददाता
६५५ पटक

श्रीलंकामा संसद भवनभित्रै सांसदहरुबीच कुटाकुट भएको छ । बिहीबार दिउँसो बसेको संसद बैठकमा विरोधी दलका सांसदहरुबीच कुटाकुट भएको हो ।

राष्ट्रपति मैत्रिपाला सिरिसेनाले प्रधानमन्त्रीमा नियुक्त गरेका महिन्दा राजपक्षले आफूलाई ध्वनीमतबाट हटाउने अधिकारी सभामुखसँग नभएको बताए लगत्तै सांसदहरुबीच हात धक्कामुक्की भएको हो ।
यो घटना संसदले राजपक्ष सरकारविरुद्ध अविश्वास प्रस्ताव पारित गरेको एक दिनपछि भएको हो ।

संसदको बैठक बस्ने वित्तिकै सभामुख करु जयसूर्याले देशमा सरकार नभएको र राजपक्ष र राष्ट्रपतिले अपदस्थ गरेको रनिल विक्रमासिंघे दुवै प्रधानमन्त्री नभएको बताएका थिए। राष्ट्रपति सिरिसेनाले अक्टोबर २६ मा विक्रमासिंघले अपदस्थ गरेपछि श्रीलंकामा राजनीतिक संकट उत्पन्न भएको छ ।

संसदमा राजपक्षेले महत्वपूर्ण विषयमा ध्वनीमतका आधारमा फैसला गर्न नहुने भन्दै मतदान हुनुपर्ने माग गरेका थिए । उनले राष्ट्रपतिले नियुक्त गरेको प्रधानमन्त्री र मन्त्रिपरिषदलाई सभामुख जयसूर्यालाई हटाउने अधिकार नभएको दावीसमेत गरे ।

राजपक्षले सभामुखले विपक्षी दलको सांसदको भूमिका निर्वाह गरेको आरोप लगाएका छन् । उनले नयाँ चुनाव नै अहिलेको संकटको समाधान भएको बताए। राजपक्ष सांसदहरुले पुनः मतदान हुनुपर्ने माग गरेपछि झपड भएको थियो । राजपक्षका समर्थकहरुले नारा लगाउँदै संसदको मध्यभागमा जम्मा भएका थिए र केही सभामुखतर्फ होहल्ला गर्दै अघि बढेका थिए ।

करिब तीन दर्जन सांसदबीच झडप भएको थियो । धक्कामुक्कीको क्रममा केही सांसद भुँइका ढलेका थिए र विपक्षीहरुले लातले हानेका थिए । राजपक्षका समर्थक सांसदहले पानीका बोतल, किताब र फोहोरको बट्टाले सभामुखमाथि प्रहार गरेका थिए ।
राजपक्षका विपक्षी रहेका सांसदहरुले सभामुखलाई घेरेर सुरक्षा दिइरहेका थिए । सभामुखले संसद बैठक स्थगित गरेका थिए । एजेन्सी

प्रतिकृया दिनुहोस्

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...