News Portal

  • असोज २८ गते सोमबारको तपाईको आजको राशिफल

    हिमालीसंचार संवाददाता
    १४२८ पटक

    आज मिति वि.सं.२०८१ असोज २८ गते सोमबार || ई.सं.२०२४ अक्टोबर १४ तारिख || नेपाल सम्बत ११४४

    मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    आजको दिन काममा विघ्नबाधा उपस्थित हुन सक्छन् । व्यक्तिगत काममा समय र धन खर्च हुने देखिन्छ । आर्थिक हानी हुनसक्ने योग रहेकोले कारोवारमा विशेष सावधानी अपनाउनु हितकर हुनेछ । समस्या तत्काल समाधान नहुन सक्छ, सचेत रहनुहोला । यात्रागत र्कामा सफलता प्राप्त हुनेछ । मित्रजनले साथ दिनेछन् ।

    बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    तपाईंले अरुलाई कुनै बाचा गर्नुभएको छ भने त्यो पूरा गर्न सकिने समय रहेको छ । नयाँ कार्यतर्फ मन जानाले गरिआएको कार्यमा असर पर्ने सम्भावना छ । मिहिनेतअनुसारको फल नपाइने योग छ तर मन खुशी नै रहला । टाढिएका आफन्तको यादले पिरोल्न सक्छ । अन्य कुरामा सुखकै भाव जागृत होला । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

    मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    नयाँ काम सुरु गर्ने समय छ । साझेदारीको काम बन्नेछ भने नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । व्यापारमा राम्रै धनलाभ हुनुका साथै आश मारेको रकम पनि उठ्ने योग परेको छ । लामो समयदेखि रोकिएको काम बन्नेछन् । नसोचेको ठाउबाट धन आउने सम्भावना छ । रचनात्मकता वृद्धि र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

    कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    रचनात्मक एवम् सामाजिक काममा जुट्ने समय छ । मित्रजनले काममा सहयोग जुटाउनेछन् । आज गरेको लगानीले राम्रो प्रतिफल दिनसक्छ । सामान्यतया दिन एकदम राम्रो छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । मनमा जाँगर र उत्साह भरिएला । कर्मबल वृद्धि र धनलाभको योग छ । रसरागमा आकर्षण बढ्नेछ । समग्रमा दिन राम्रो छ ।

    सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    अनावश्यक वादविवादमा परिने सभावना रहेकोले आजको दिन विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । कडा प्रायस गरे पनि सफलता हात लाग्ने बेलामा झमेला पर्न सक्छ । आलश्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । हातहतियारबाट जोगिने विशेष प्रयास गर्नु हितकर होला । हितैषीसँग पनि मनमुटाव हुनसक्ने योग भएकोले सजगता अपनाइ व्यवहार गर्नुहोला ।

    कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    व्यस्तता वृद्धि हुनेछ । दिन चुनौतीयुक्त रहला । नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ, जागिरमा पनि समस्या पैदा हुनसक्ने सम्भावना छ । कामहरु अधुरै रहन सक्ने हुँदा महत्वपूर्ण योजना थाती राखेकै राम्रो । मान–सम्मानमा आघात पर्ने योग रहेकोले बोली र व्यवहारमा विशेष सावधानीको दरकार छ ।

    तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    समय शुभदायी छ । वैवाहिक जीवन सुखद रहला । सामाजिक काममा नेतृत्वदायी भुमिकामा खटिनुपर्नेछ जसले मान-प्रतिष्ठा दिलाउन सक्छ । पारिवारिक आवश्यकता पूर्ति होला । आरोग्यबल बढ्नेछ । घरपरिवारमा राम्रो सम्बन्ध बन्नेछ । चल-अचल सम्पत्तिको कारोबार हुन सक्छ । दिन मनोरञ्जनका साथ बित्ने देखिन्छ ।

    बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    प्रयत्न गर्दा व्यावसायिक काममा फाइदा उठाउन सकिने समय छ । पे्रममा सुखद मिलनको अनुभव गर्न सकिएला । रचनात्मक एवम् साहित्यिक कार्यमा मन जानेछ । यात्रागत कार्यबाट धनलाभ होला । सामर्थ्य वृद्धि हुनेछ । शत्रुपक्ष पारस्त हुनेछ ।

    धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    आजको दिन खासै अनुकुल नरहन सक्छ । स्वास्थ्यगत समस्याका कारण कार्यमा बाधा तथा खर्च वृद्धि हुन सक्छ । यात्रामा विशेष सावधानी अपनाउनु हितकर हुनेछ । बाधा र पीडा दिन खोज्नेहरू सक्रिय रहलान् । नसोचेको ठाउँमा ब्यय हुने योग छ । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ भने बौद्धिक र रचनात्मक काम बन्नेछ ।

    मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    अधुरा काम बन्ने तथा आर्थिक लाभ मिल्ने समय छ । कामहरु आज सजिलैसँग बन्ने देखिन्छ । विशेष योजनामा कसैबाट साथ-समर्थन पनि पाइएला । बुद्धिविवेकले सही काम गर्नेछ भने अनायासै ठिक निर्णय हुनेछ । पितृधनको उपयोगबाट विशेष फाइदा होला । अध्ययन-अध्यापन कार्यमा मन जानेछ । शत्रुपक्ष परास्त हुनेछ ।

    कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    आँटे गरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा भइ मन हर्षित हुने समय छ । सोचेभन्दा बढी नै लाभको सम्भावना छ । व्यापार व्यवसायमा उन्नति हुनाले पराक्रम र आत्मविश्वास वृद्धि होला । व्यवहारिक कर्ममा मन लाग्नेछ । दीर्घकालिन लाभका लागि विशेष मन लगाएर काम गर्नु उचित हुनेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

    मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    कर्मबल बढ्नेछ । आफन्तको साथ मिल्नेछ भने सुखको भाव वृद्धि होला । घरायसी समस्याले सामान्य मात्रामा सताए पनि गरेका काम सफल हुनाले मन सन्तुष्ट रहला । आर्थिक काम बन्छ तर काम गर्दा विशेष सावधानी अपनाउनुपर्नेछ । सानो प्रयासले रोकिएको काम बन्ने र आम्दानीको स्रोतसमेत बढ्ने योग छ । साझेदारीको काम बन्नेछ । मिठो भोजन प्राप्त हुनेछ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    चन्द्रागिरिमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एकको मृत्यु, दुई घाइते

    काठमाडौं, असार २७ — राजधानीको चन्द्रागिरि नगरपालिका–१५ तीनथानास्थित सडक खण्डमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा...

    २० वर्ष पुगेपछि विवाह र सन्तान जन्माउन युवालाई प्रोत्साहन गर्नुपर्छ : प्रधानमन्त्री ओली

    काठमाडौं, असार २७ – विश्व जनसंख्या दिवस तथा राष्ट्रिय जनसंख्या नीति सार्वजनिक समारोहलाई शुक्रबार सम्बोधन...

    नेकपा एसमा विलीन हुँदै वामदेव, साउन २ मा राष्ट्रिय सभा गृहबाट एकताको घोषणा हुने

    काठमाडौं, असार २७ – नेकपा एमालेका पूर्व उपाध्यक्ष तथा नेकपा एकता राष्ट्रिय अभियानका अगुवा नेता...

    एनआरएनए अष्ट्रेलियाले सदस्यता वितरण प्रक्रिया पुनः सुरु गर्ने

    काठमाडौँ, असार २७  — गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले समावेशी र एकताबद्ध संगठन निर्माणका लागि...

    गण्डकीमा गुरुङ–मगर भाषालाई मान्यता, कोशीमा दीप प्रज्वलन गर्दै खुसी साटासाट

    इटहरी, असार २७ — गण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजी भाषाको मान्यता दिने...