News Portal

भेरी बस व्यवसायी समितिका कर्मचारीको आक्रमणबाट पत्रकार देवकोटाको टाउको र अाँखामा चोट

हिमाली संचार संवाददाता
६१० पटक

बाँके : पत्रकार देविराम देवकोटामाथि आक्रमण भएको छ । बाँकेको कोहलपुरबाट काठमाडौँ आउने क्रममा देवकोटामाथि भेरी बस ब्यबसायी समितिका पदाधिकारीहरुले अाक्रमण गरेका हुन् ।

देवकोटाका पत्नी पार्वता थापा देवकोटाका अनुसार काठमाडौँ आउनलाई बसको टिकट काटेको तर हिड्ने बेला उक्त सिटमा समितिले अरुलाई नै बसेलापछि विवाद सुरु भएको थियो । देवकोटाले सिट सहितका दुई टिकट काटेका थिए तर समितिले दुबै सिटमा अरुलाई नै बसालेको थियो । बच्चालाई एउटा सिटको व्यवस्थापन गर्न आग्रह गर्दा करिब ७ बजेतिर उल्टै आक्रमण भएको पार्वताले बताइन् ।

पत्रकार देवकोटाको टाउको र आँखामा गम्भीर चोट लागेको छ । शरीरका अन्य भागमा पनि चोट लागेको छ । उनको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ । टाउकाको सिटीस्केन गरिएको छ । अवस्था गम्भीर भएकोले थप उपचारको लागि काठमाडौं ल्याउनु पर्ने हुन सक्ने बताइएको छ । जनयुद्धकालदेखि जनपक्षीय पत्रकारितामा क्रियाशिल देवकोटा हाल रेडियो थाहा सन्चारमा कार्यरत छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...