News Portal

भेरी बस व्यवसायी समितिका कर्मचारीको आक्रमणबाट पत्रकार देवकोटाको टाउको र अाँखामा चोट

हिमाली संचार संवाददाता
६६३ पटक

बाँके : पत्रकार देविराम देवकोटामाथि आक्रमण भएको छ । बाँकेको कोहलपुरबाट काठमाडौँ आउने क्रममा देवकोटामाथि भेरी बस ब्यबसायी समितिका पदाधिकारीहरुले अाक्रमण गरेका हुन् ।

देवकोटाका पत्नी पार्वता थापा देवकोटाका अनुसार काठमाडौँ आउनलाई बसको टिकट काटेको तर हिड्ने बेला उक्त सिटमा समितिले अरुलाई नै बसेलापछि विवाद सुरु भएको थियो । देवकोटाले सिट सहितका दुई टिकट काटेका थिए तर समितिले दुबै सिटमा अरुलाई नै बसालेको थियो । बच्चालाई एउटा सिटको व्यवस्थापन गर्न आग्रह गर्दा करिब ७ बजेतिर उल्टै आक्रमण भएको पार्वताले बताइन् ।

पत्रकार देवकोटाको टाउको र आँखामा गम्भीर चोट लागेको छ । शरीरका अन्य भागमा पनि चोट लागेको छ । उनको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ । टाउकाको सिटीस्केन गरिएको छ । अवस्था गम्भीर भएकोले थप उपचारको लागि काठमाडौं ल्याउनु पर्ने हुन सक्ने बताइएको छ । जनयुद्धकालदेखि जनपक्षीय पत्रकारितामा क्रियाशिल देवकोटा हाल रेडियो थाहा सन्चारमा कार्यरत छन् ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...