News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • असोज २६ गते शनिबारको तपाईको आजको राशिफल

    हिमालीसंचार संवाददाता
    १३२० पटक

    आज मिति वि.सं.२०८१ असोज २६ गते शनिबार || ई.सं.२०२४ अक्टोबर १२ तारिख || नेपाल सम्बत ११४४

    मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    दौडधुप बढ्ने समय छ । बन्न लागेको पनि बिग्रन सक्ने दिन भएकोले आज विशेष योजना गोप्य राख्नु हितकर होला । घरेलु समस्याले सताउने हुँदा काममा अवरोध आउनसक्छ । तथापि, आत्मविश्वास कायम रहनेछ भने नियमित कार्यमा सफलता मिल्नेछ । आफन्तको काममा आजको धेरै समय बित्न सक्छ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ।

    बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    आम्दानी प्रशस्तै बढ्नेछ नयाँ योजनाहरुको पनि सिर्जना हुने दिन छ । परिश्रम गर्दा अरुको विश्वास पनि जित्न सकिनेछ अधुरा काम बनी मन हर्षित हुने दिन छ । राम्रो संग कमाई हुनेछ । पठन-पाठनमा पनि प्रगति हुनेछ । धनलाभ पनि होला । जाङर आउनुका साथै आर्थिक एवम समाजिक लाभ मिल्ने छ । दाम्पत्य सुख वृद्धि होला । प्रेमभाव बढ्नेछ ।

    मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    समय शुभदायी छ । भौतिक साधन जुट्नेछन् । आशमारेको रकमसमेत प्रयास गर्दा उठ्न सक्छ । मन प्रफुल्ल रहला । प्रेममा सफलता पाउने र वैवाहिक बन्धनको योग छ । रसरागको भाव वृद्धि होला । आजको दिन कतै फलदायी यात्रा पनि हुन सक्छ । सोचेजस्तै सफलता वा उन्नतिको अवसर प्राप्त हुने देखिन्छ । सभा-समारोहमा मान प्राप्त हुनेछ । मिठो भोजन प्राप्त होला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

    कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    समय खासै अनुकुल नरहन सक्छ । इर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने छरछिमेकमा पनि विवाद वा झमेला पर्न सक्ने सम्भावना रहेकोले विशेष सावधान रहनुहोला । मनमा गलत विचार बढ्ने, समयमा निर्णय नहुदा काममा अवरोध आउने योग रहेकोले संयमता अपनाइ सक्दो मौन रहनु उचित हुनेछ । साथीभाइको सहयोग प्राप्ति र सन्तानसुख मिल्ने दिन छ।

    सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    मिश्रित फलदायी दिन छ । व्यापार-व्यवसायमा सफलताले मन रमाउला । तर, नयाँ काममा भने समय मात्र बित्नेछ । आलश्यले सताउला । सार्वजनिक सभा-समारोह, भेटघाट तथा छलफलमा सहभागी बन्ने अवसर जुर्ला । खर्च र व्यस्तता वृद्धि हुनेछ । मनोरञ्नात्मक कार्यक्रममा आकर्षण बढ्नेछ ।

    कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    उत्साहजनक समय छ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । ठूला व्यक्तिको आशा र भरोसा तपाइंप्रति रहनेछ । बोलीकै भरमा धेरै काम सहज हुन सक्छन् । पराक्रम वृद्धि हुनेछ । यात्रागत कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । साथीभाइको सहयोग प्राप्त होला । कार्यगति बढ्नेछ । धार्मिक काममा मन जानेछ । समग्रमा दिन मनोरञ्जनपूर्ण रहने देखिन्छ ।

    तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    आजको दिन व्यावसायिक यात्राको सम्भावना छ । सामाजिक कार्यमा मन जानेछ । विविध लाभ पनि होला । सहयोग र नयाँ मित्रको आगमनले मन प्रसन्न रहला । धनलाभ हुने देखिन्छ । केही खर्च लागे पनि सोचेको काम बन्नेछ । सन्तान पक्षबाट भने सोचेजस्तो सहयोग आज नमिल्न सक्छ । आरोग्यबल बढ्नेछ । साहसिक काममा आकर्षण बढ्ने समय छ ।

    बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    आजको दिन केही चुनौतीयुक्त रहने देखिन्छ । परिश्रमले आफनु लक्ष्य पूरा गर्न सकिनेछ, तर सामाजिक एवम् राजनीतिक कार्यमा केही अप्ठ्याराको सामना गर्नुपर्ला । स्वास्थ्यप्रति विशेष सजगता अपनाउनु हितकर हुनेछ । सोच्दैनसोचेको ठाउँमा खर्च हुनसक्ने योग छ । रोकिएको काम मिहिनेतले बन्नेछ ।

    धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    दिन राम्रै छ । विभिन्न अवसरले पछ्याउनेछन् । आय वृद्धि होला । नयाँ कामको अवसर पनि मिल्न सक्छ । भ्रमण एवम् मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्ने देखिन्छ । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ । पारिवारिक सुख र आफन्तको साथ मिल्नेछ ।

    मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्ने समय छ । आँटेका काम पुरा भइ धनलाभ हुन सक्ने योग छ । ब्यापारमा पनि सामान्य लाभ नै हुने देखिन्छ । विगतको श्रमबाट पनि आर्थिक लाभ मिल्न सक्छ । ऋण, रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ ।

    कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) कर्मबल बढ्नेछ । यात्राको लागि निकै राम्रो समय रहेको छ । ब्यापारमा गरेका प्रयासहरु सकारात्मक रहनेछन् । सहृदयी साथीभाइसँग भेटघाट हुने तथा नौलो स्थानको यात्रा हुनसक्ने योग छ । रोकिएका कामहरु बन्नेछन् । धनलाभको समय छ । मिठो भोजन प्राप्त हुनेछ । सामर्थ्य वृद्धि हुनेछ ।

    मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    बाध्यतापूर्ण काममै समय बित्न सक्छ । ब्यावसायिक कर्ममा घाटा ब्यहोर्नुपर्ने समय रहेकोले विशेष सावधानी आवश्यक छ । समयमा सहि निर्णय गर्न नसकेको अनुभूति होला । सोच्दैनसोचेको ठाउँमा खर्च हुन सक्छ । आजको दिन सोचेअनुसार काम बन्न कठिन छ । महत्वपूर्ण योजना थाती राखेकै राम्रो हुनेछ । धर्मकर्ममा आकर्षण बढ्नेछ । आफन्तजनको साथ मिल्नेछ।

    प्रतिकृया दिनुहोस्

    इजरायलको हवाई आक्रमणमा २१ जनाको मृत्यु

    लेबनान। उत्तरी लेबनानमा इजरायली हवाई हमलामा परी कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै ८ जना...

    असोज २९ गते मंगलबारको तपाईको आजको राशिफल

    आज मिति वि.सं.२०८१ असोज २९ गते मंगलबार || सन् २०२४ अक्टोबर १५ तारिख || नेपाल...

    कुवेतको सुदुरपश्चिमेली नेपाली समाजले गर्यो सरिता जैशीका परिवारलाई आर्थिक सहयोग

    कुवेत सिटी, कुवेत। सुदुरपश्चिमेली नेपाली समाज कुवेतले अछामकी सरिता जैशीका परिवारलाई आर्थिक सहयोग गरेको छ।...

    गौतमबुद्ध विमानस्थलबाट फ्लाई दुबई, जजिरा र एयर एसियाले उडान गर्दै

    काठमाडौँ। मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्ने...

    असोज २८ गते सोमबारको तपाईको आजको राशिफल

    आज मिति वि.सं.२०८१ असोज २८ गते सोमबार || ई.सं.२०२४ अक्टोबर १४ तारिख || नेपाल सम्बत...