News Portal

असोज २६ गते शनिबारको तपाईको आजको राशिफल

हिमालीसंचार संवाददाता
१६४९ पटक

आज मिति वि.सं.२०८१ असोज २६ गते शनिबार || ई.सं.२०२४ अक्टोबर १२ तारिख || नेपाल सम्बत ११४४

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
दौडधुप बढ्ने समय छ । बन्न लागेको पनि बिग्रन सक्ने दिन भएकोले आज विशेष योजना गोप्य राख्नु हितकर होला । घरेलु समस्याले सताउने हुँदा काममा अवरोध आउनसक्छ । तथापि, आत्मविश्वास कायम रहनेछ भने नियमित कार्यमा सफलता मिल्नेछ । आफन्तको काममा आजको धेरै समय बित्न सक्छ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आम्दानी प्रशस्तै बढ्नेछ नयाँ योजनाहरुको पनि सिर्जना हुने दिन छ । परिश्रम गर्दा अरुको विश्वास पनि जित्न सकिनेछ अधुरा काम बनी मन हर्षित हुने दिन छ । राम्रो संग कमाई हुनेछ । पठन-पाठनमा पनि प्रगति हुनेछ । धनलाभ पनि होला । जाङर आउनुका साथै आर्थिक एवम समाजिक लाभ मिल्ने छ । दाम्पत्य सुख वृद्धि होला । प्रेमभाव बढ्नेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय शुभदायी छ । भौतिक साधन जुट्नेछन् । आशमारेको रकमसमेत प्रयास गर्दा उठ्न सक्छ । मन प्रफुल्ल रहला । प्रेममा सफलता पाउने र वैवाहिक बन्धनको योग छ । रसरागको भाव वृद्धि होला । आजको दिन कतै फलदायी यात्रा पनि हुन सक्छ । सोचेजस्तै सफलता वा उन्नतिको अवसर प्राप्त हुने देखिन्छ । सभा-समारोहमा मान प्राप्त हुनेछ । मिठो भोजन प्राप्त होला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय खासै अनुकुल नरहन सक्छ । इर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने छरछिमेकमा पनि विवाद वा झमेला पर्न सक्ने सम्भावना रहेकोले विशेष सावधान रहनुहोला । मनमा गलत विचार बढ्ने, समयमा निर्णय नहुदा काममा अवरोध आउने योग रहेकोले संयमता अपनाइ सक्दो मौन रहनु उचित हुनेछ । साथीभाइको सहयोग प्राप्ति र सन्तानसुख मिल्ने दिन छ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मिश्रित फलदायी दिन छ । व्यापार-व्यवसायमा सफलताले मन रमाउला । तर, नयाँ काममा भने समय मात्र बित्नेछ । आलश्यले सताउला । सार्वजनिक सभा-समारोह, भेटघाट तथा छलफलमा सहभागी बन्ने अवसर जुर्ला । खर्च र व्यस्तता वृद्धि हुनेछ । मनोरञ्नात्मक कार्यक्रममा आकर्षण बढ्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
उत्साहजनक समय छ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । ठूला व्यक्तिको आशा र भरोसा तपाइंप्रति रहनेछ । बोलीकै भरमा धेरै काम सहज हुन सक्छन् । पराक्रम वृद्धि हुनेछ । यात्रागत कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । साथीभाइको सहयोग प्राप्त होला । कार्यगति बढ्नेछ । धार्मिक काममा मन जानेछ । समग्रमा दिन मनोरञ्जनपूर्ण रहने देखिन्छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आजको दिन व्यावसायिक यात्राको सम्भावना छ । सामाजिक कार्यमा मन जानेछ । विविध लाभ पनि होला । सहयोग र नयाँ मित्रको आगमनले मन प्रसन्न रहला । धनलाभ हुने देखिन्छ । केही खर्च लागे पनि सोचेको काम बन्नेछ । सन्तान पक्षबाट भने सोचेजस्तो सहयोग आज नमिल्न सक्छ । आरोग्यबल बढ्नेछ । साहसिक काममा आकर्षण बढ्ने समय छ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आजको दिन केही चुनौतीयुक्त रहने देखिन्छ । परिश्रमले आफनु लक्ष्य पूरा गर्न सकिनेछ, तर सामाजिक एवम् राजनीतिक कार्यमा केही अप्ठ्याराको सामना गर्नुपर्ला । स्वास्थ्यप्रति विशेष सजगता अपनाउनु हितकर हुनेछ । सोच्दैनसोचेको ठाउँमा खर्च हुनसक्ने योग छ । रोकिएको काम मिहिनेतले बन्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दिन राम्रै छ । विभिन्न अवसरले पछ्याउनेछन् । आय वृद्धि होला । नयाँ कामको अवसर पनि मिल्न सक्छ । भ्रमण एवम् मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्ने देखिन्छ । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ । पारिवारिक सुख र आफन्तको साथ मिल्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्ने समय छ । आँटेका काम पुरा भइ धनलाभ हुन सक्ने योग छ । ब्यापारमा पनि सामान्य लाभ नै हुने देखिन्छ । विगतको श्रमबाट पनि आर्थिक लाभ मिल्न सक्छ । ऋण, रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) कर्मबल बढ्नेछ । यात्राको लागि निकै राम्रो समय रहेको छ । ब्यापारमा गरेका प्रयासहरु सकारात्मक रहनेछन् । सहृदयी साथीभाइसँग भेटघाट हुने तथा नौलो स्थानको यात्रा हुनसक्ने योग छ । रोकिएका कामहरु बन्नेछन् । धनलाभको समय छ । मिठो भोजन प्राप्त हुनेछ । सामर्थ्य वृद्धि हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बाध्यतापूर्ण काममै समय बित्न सक्छ । ब्यावसायिक कर्ममा घाटा ब्यहोर्नुपर्ने समय रहेकोले विशेष सावधानी आवश्यक छ । समयमा सहि निर्णय गर्न नसकेको अनुभूति होला । सोच्दैनसोचेको ठाउँमा खर्च हुन सक्छ । आजको दिन सोचेअनुसार काम बन्न कठिन छ । महत्वपूर्ण योजना थाती राखेकै राम्रो हुनेछ । धर्मकर्ममा आकर्षण बढ्नेछ । आफन्तजनको साथ मिल्नेछ।

प्रतिकृया दिनुहोस्

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...

आज २०८२ साल फागुन २८ गतेको राशिफल

आज फागुन २८, २०८२ ( मार्च १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सर्वोच्चले रवि लामिछाने विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको...

बालेन शाह प्रधानमन्त्री बन्ने प्रक्रियाः विश्वासको मत आवश्यक नपर्ने

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अब संसदीय...

कारागारबाट रिहा भए पूर्वसांसद दीपक मनाङे

काठमाडौं, फागुन २७ – गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे, जसलाई राजीव गुरूङको नामले पनि चिनिन्छ,...