News Portal

  • असोज २५ गते शुक्रबारको तपाईको आजको राशिफल

    हिमालीसंचार संवाददाता
    १७५७ पटक

    आज मिति वि.सं.२०८१ असोज २५ गते शुक्रबार || ई.सं.२०२४ अक्टोबर ११ तारिख || नेपाल सम्बत ११४४

    मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    भाग्योदयको समय रहेको छ । प्रतिस्पर्धीहरू पछि पर्नेछन्, नसोचेको ठाउँबाट केही लाभ होला । व्यापार तथा उद्योगमा फाइदाको योग छ । आज धैर्यधारण गरी परिश्रम गर्ने दिनको रूपमा बुझी कर्म गर्नु हितकर हुनेछ । आर्थिक कार्य फलदायी हुनुका साथै पारिवारिक सुख मिल्ने योग छ । प्रशंसकहरू बढ्नेछन् । सकारात्मक कार्यका लागि दौडधुप बढ्नेछ । आमोदप्रमोदमा रम्ने दिन छ ।

    बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    कतिपय अधुरो काम सम्पन्न हुने दिन छ । आर्थिक लाभ पनि होला । रमाइलो तरिकाले काम गर्न पाइनेछ । कतैबाट आर्थिक लाभ हुने समय छ, तथापि चनाखो रहनु आवश्यक छ । पैतृक सम्पतीबाट लाभ हुने देखिन्छ । धर्मिक कार्यमा संलग्न हुने योग छ । साझेदारीको काम बन्नेछ । दामपत्यसुख बढ्नेछ । प्रेमभाव बढ्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

    मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    सहयोगको आशा देखाउनेहरूबाटै धोका मिल्नसक्ने दिन भएकोले आज अरुको भर नपरी कर्म गर्नुहोला । केही विवादमा परिने योग छ, सावधान रहनुहोला । खर्च बढ्ने योग छ, आर्थिक कारोबारमा मितब्ययी बन्नु उचित हुनेछ । सबल स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । शारीरिक तथा मानसिक आलस्यता बढ्ला । विवादबाट बच्नुहोला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । शत्रुपक्ष परास्त हुनेछ ।

    कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आजको दिन केही चुनौतीयुक्त रहला । हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगति हुन दिँदैनन् । परिस्थितिसँग केही सम्झौता गर्नुपर्ने समय छ । जगिरका क्रममा समस्या आउन सक्छ । परिवारजनसँग असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ । यसका बाबजुद सन्तानसुख र प्रेमभाव बढ्नेछ । कर्मबल वृद्धि हुनेछ । रसरागमा आकर्षण रहला ।

    सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । नवीन रोजगारीको सम्भावना पनि छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने योग छ । बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ भने दाम्पत्य जीवन सुखद एवं समृद्ध बन्ने देखिन्छ । आजको दिन यात्रामा भने विशेष सजगता अपनाउनु हितकर हुनेछ ।

    कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    पराक्रम वृद्धिका साथै व्यस्तता बढ्नेछ । नोकरी तथा राजनीतिमा गरेका प्रयासहरु फलदायी रहनेछन् । तपाईंको कामको तारिफ हुनेछ । दिगो फाइदा हुने काम सुरु हुने योग छ । नयाँ कामको लागि नयाँ अवसर आउने सम्भावना प्रवल छ । पारिवारिक समस्याको समाधान हुने देखिन्छ । मनमा सद्विचार आउनाले उत्साहजनक समय रहनेछ । आफन्तको साथ प्राप्त होला ।

    तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    आजको दिन नयाँ कामको थालनी नगरेकै बेस हुनेछ । बाध्यताका काममा जुट्नुपर्ला । स्वास्थ्यगत समस्याले सताउन सक्छ । बोली र व्यवहारमा लगाम लगाउनु हितकर हुनेछ । खर्चवृद्धि र धननाशको योग रहेकोले विशेष सजग रही आर्थिक व्यवहार गर्नु उचित हुनेछ । चुनौतीका बाबजुद महत्वपूर्ण कार्यमा सफलता पाउन सकिने समय छ ।

    बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    शुभदायी समय छ । कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ । प्रेमको प्रसंग सुखद रहनेछ भने धनलाभको योग छ । राम्रा ग्रहको प्रभावले मनमा जोश, जाँगर, उत्साह र उमंग देखापर्नेछ । आफूभन्दा ठुला मान्छेको सल्लाहअनुसार चल्नु हितकर हुनेछ । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । सुख वृद्धि होला ।

    धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    आर्थिक क्षेत्रमा उन्नती हुनेछ । परिवारमा पनि खुशीको माहोल छाउनेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने समय छ । प्रयासलाई जारी राख्नु उचित हुनेछ । धनलाभको योग छ । लगानी बढ्नेछ । मिठो भोजन प्राप्त होला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

    मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    आजको दिन व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । तर, अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । स्वास्थ्यमा सुधार आउनेछ भने कुनै विशेष योजना बनाइरहनुभएको छ भने अघि बढ्नु उचित हुनेछ । यात्राको योग छ । आज सवारी साधन उपयोग गर्दाचाहिँ विशेष सावधानी अपनाउनुहोला । शत्रुपक्ष परास्त हुनेछ ।

    कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    कर्मबल बढ्नेछ तर समयको गतिलाई पछ्याउन नसक्दा अलिक दुःख पाइएला । खर्च बढ्ने योग छ । मीठो खानाको आनन्द मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सबल स्वास्थ्यका लागि विशेष सजगता अपनाउनु हितकर हुनेछ ।

    मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    भाग्यबल बढ्नेछ । आजको दिन प्रयास गरेका काममा सफलता र लाभ मिल्नेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । नोकरीमा आफ्नो बर्चस्व बढाउन सकिनेछ । अध्ययन–अध्यापनमा समय दिन नसकिएला । धर्मकर्ममा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ । सुख विलास पनि बढ्नेछ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    लागू औषधमुक्त राष्ट्रको दिशामा सरकारले लिएको गति: गृहमन्त्री लेखक

    काठमाडौं, साउन १६ – गृहमन्त्री रमेश लेखकले मुलुकलाई लागू औषधको भयावहता मुक्त बनाउने स्पष्ट अभिमुखीकरणका...

    सूचना प्रविधिमा अब्बल बन्ने हो भने, स्वदेशमै सम्भावनाको उज्यालो छ : सञ्चारमन्त्री गुरुङ

    काठमाडौं, साउन १६ – देशको समृद्धि सूचना प्रविधिबाटै सुनिश्चित हुन्छ भन्ने धारणा व्यक्त गर्दै सञ्चार...

    अल्पविकसितबाट विकासशील राष्ट्रको यात्रामा नेपाल : प्रधानमन्त्री ओलीको विश्वास

    काठमाडौं, साउन १६ – नेपाल अब विकासको नयाँ मोडमा उभिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले...

    ऊर्जामन्त्री खड्काको भनाइ– “सीप छ भने रोजगारी टाढा छैन”

    काठमाडौं, साउन १६ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले भन्नुभयो, “रोजगारी सिर्जना र आत्मनिर्भरता...

    पूर्वगठबन्धनकै घेरामा नेपाल : “ओलीको प्रतिशोधकै नालीबेलीमा ममाथि मुद्दा लगाइयो”

    विराटनगर, साउन १६ – राजनीतिक विवेक र सत्ता स्वार्थबीचको द्वन्द्व फेरि सतहमा आएको छ। नेकपा...