News Portal

र्‍याफ्टिङ गर्दा कर्णालीमा डुबेर अष्ट्रेलियन नागरिक एड्रिनको मृत्यु

हिमाली संचार संवाददाता
४७६ पटक

बिस्नप्रसाद न्यौपाने
कालिकोट : कर्णाली नदीमा र्‍याफ्टिङ गर्दा डुबेर एक अष्ट्रेलियन नागरिकको मृत्यु भएको छ । शान्नित्रिवेणी गाउँपालिका २ आम्तडा नजिकै कर्णालीमा र्‍याफ्टिङ गर्दा नदीमा खसेर ३१ वर्षीय अष्ट्रेलियन नागरिक एड्रिनको मृत्यु भएको हो ।

मुगुबाट सुर्खेततिर आउँदै गरेको अवस्थामा बोर्ट दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी विनोद शर्माले जानकारि दिए ।

मुगुको रारा ताल अवलोकन गरी कर्णाली नदीमा र्‍याफ्टिङ गर्र्दै सुर्खेततिर आउदै गरेका उनी कर्णाली नदीमा डुबेका हुन् ।

शर्माका उनका अनुसार मुगुबाट पाँच जनाको टोली आएको र बाँकी चार जना सकुशल छन् । जिल्ला प्रहरी प्रमुख डीएसपी शर्माले भने, ‘आम्तडामा कर्णाली नदी निकै उर्लदो छ । ठूलाठूला ढुङगा छन् । नदी भित्रकै ढुङगामा उनीहरु चढेको बोट ठोक्किएर दुर्घटना भएको हो ।’

कर्णालीमा डुबेका अष्ट्रेलियन नागरिकको शव प्रहरीले टोलीले जिल्ला सदरमुकाम मन्म ल्याएको छ । दुर्घटना लगत्तै जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक मनीराम भट्ट नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो ।

शव हेलिकोप्टरमार्फत् शुक्रबार काठमाडौं पठाउने तायारी भइरहेको प्रहरीको भनाइ छ । गत वर्ष पनि कर्णाली नदीमा र्‍याफ्टिङ गर्दा एकजना फ्रान्सेली नागरिकको ज्यान गएको थियो ।
तस्बिर :कर्णाली नदीमा र्‍याफ्टिङ गर्दा डुबेर ज्यान गुएमा अष्ट्रेलियन नगरिक एड्रिन । अन्नपूर्ण

प्रतिकृया दिनुहोस्

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...