News Portal

र्‍याफ्टिङ गर्दा कर्णालीमा डुबेर अष्ट्रेलियन नागरिक एड्रिनको मृत्यु

हिमाली संचार संवाददाता
४८२ पटक

बिस्नप्रसाद न्यौपाने
कालिकोट : कर्णाली नदीमा र्‍याफ्टिङ गर्दा डुबेर एक अष्ट्रेलियन नागरिकको मृत्यु भएको छ । शान्नित्रिवेणी गाउँपालिका २ आम्तडा नजिकै कर्णालीमा र्‍याफ्टिङ गर्दा नदीमा खसेर ३१ वर्षीय अष्ट्रेलियन नागरिक एड्रिनको मृत्यु भएको हो ।

मुगुबाट सुर्खेततिर आउँदै गरेको अवस्थामा बोर्ट दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी विनोद शर्माले जानकारि दिए ।

मुगुको रारा ताल अवलोकन गरी कर्णाली नदीमा र्‍याफ्टिङ गर्र्दै सुर्खेततिर आउदै गरेका उनी कर्णाली नदीमा डुबेका हुन् ।

शर्माका उनका अनुसार मुगुबाट पाँच जनाको टोली आएको र बाँकी चार जना सकुशल छन् । जिल्ला प्रहरी प्रमुख डीएसपी शर्माले भने, ‘आम्तडामा कर्णाली नदी निकै उर्लदो छ । ठूलाठूला ढुङगा छन् । नदी भित्रकै ढुङगामा उनीहरु चढेको बोट ठोक्किएर दुर्घटना भएको हो ।’

कर्णालीमा डुबेका अष्ट्रेलियन नागरिकको शव प्रहरीले टोलीले जिल्ला सदरमुकाम मन्म ल्याएको छ । दुर्घटना लगत्तै जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक मनीराम भट्ट नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो ।

शव हेलिकोप्टरमार्फत् शुक्रबार काठमाडौं पठाउने तायारी भइरहेको प्रहरीको भनाइ छ । गत वर्ष पनि कर्णाली नदीमा र्‍याफ्टिङ गर्दा एकजना फ्रान्सेली नागरिकको ज्यान गएको थियो ।
तस्बिर :कर्णाली नदीमा र्‍याफ्टिङ गर्दा डुबेर ज्यान गुएमा अष्ट्रेलियन नगरिक एड्रिन । अन्नपूर्ण

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...