News Portal

हजारौंलाई बचाएका गुल्मीका मल्लले आफैंलाई बचाउन सकेनन, कांग्रेसको झण्डा ओढार गरियो अन्त्येष्टी

हिमाली संचार संवाददाता
६९३ पटक

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले हजारौंको संख्यामा रोगबाट मृत्युको मुखमा पुगेका विरामीलाई पुनर्जन्म दिदै आएका धर्मेन्द्र कुमार मल्लले अन्तत् आफैंलाई बचाउन नसकेको बताएका छन् ।

गुल्मी जिल्लाको नयाँ गाउँमा जन्मीएर वामी टक्सारमा लामो समय मेडिकल हल चलाउँदै आएका धर्मेन्द्र मल्लको बुधबार बिहान प्याङ्क्रीयाजको क्यान्सरबाट निधन भएको थियो। केन्द्रीय सदस्य भण्डारीले मल्लको शवमा नेपाली कांग्रेसको झण्डा ओढाउँदै समाजमा धेरै जिवित मान्छेहरु मरेतुल्य हुन्छन् भने कति मान्छेको मृत्यु पछिपनि जिवित रहने गरेको बताउँदै त्यस्तै कोटीमा समाजसेवी मल्ल पर्ने बताएका थिए।

६५ वर्षिय मल्ल एक महिना अघि बिरामी भएको महसुस गरी भारतको राजिवगान्धी अस्पतालमा चेकजाँच गर्दा क्यान्सर भएको पत्ता लागेको थियो। नेपालमा पहिलो पटक समुदायबाट विद्युत उत्पादन गरेका मल्ल दरमखोला लघुविद्युतका अध्यक्ष रहेका थिए।

वामी टक्सार लगाएत बाग्लुङको दघा, दुनडाँडा, गुल्मीकै मुसिकोट, वडागाउँ, पौदीअमराई, कुर्घालगायतका विभिन्न ठाउँमा शिक्षा, स्वास्थ्य जस्ता सामाजिक काममा सहयोग गर्दै आएका मल्लको अनुहारमा जति चमक र उज्यालो देखिन्थ्यो उनको चिन्तनले वामी टक्सारबासीलाई बिजुलिको उज्यालो दिएका थिए।

मल्लकी ९४ वर्षिय आमा जिवित रहेकी छन्। उनका श्रीमती र दुई छोरा छन्। दुई छोरा मध्ये जेठा छोरा धिरेन्द्र मल्ल पेशाले चिकित्सक हुन्। उनी ललितपुर स्थित मेडिसिटी अस्पतालमा कार्यरत छन् भने अर्का शैलेन्द्र मल्ल बेल्जीयममा रोजगारीका सिलसिलामा कार्यरत छन्।

मल्लकी श्रीमती विजया कुमारी मल्लले उनलाई समाजसेवामा लाग्न प्रेरणा दिने गरेको मुसिकोट नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष प्रकाश काफ्ले बताउँछन्। मल्लको पार्थिव शरीरलाई दुई छोराले दागबत्ती दिएर बुधबारनै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको थियो।

मल्लको अन्त्येष्टीमा नेपाली कांग्रेस गुल्मीका पूर्व सभापति चन्द्र केसी, पूर्व क्षेत्रीय सभापति दामोदर भुसाल, राप्रपाका नेता भरत चन्द, शिक्षावीद् हिरामणी अर्याल, भिमलाल सापकोटा, जनमोर्चाका नेता मोहन श्रेष्ठ, समाजसेवी कृष्ण प्रसाद सापकोटा, संगितकार विजु बज्र, खगेश्वर सापकोटा लगाएत थुप्रै शुभचिन्तकको उपस्थिती रहेको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...