News Portal

हजारौंलाई बचाएका गुल्मीका मल्लले आफैंलाई बचाउन सकेनन, कांग्रेसको झण्डा ओढार गरियो अन्त्येष्टी

हिमाली संचार संवाददाता
७१६ पटक

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले हजारौंको संख्यामा रोगबाट मृत्युको मुखमा पुगेका विरामीलाई पुनर्जन्म दिदै आएका धर्मेन्द्र कुमार मल्लले अन्तत् आफैंलाई बचाउन नसकेको बताएका छन् ।

गुल्मी जिल्लाको नयाँ गाउँमा जन्मीएर वामी टक्सारमा लामो समय मेडिकल हल चलाउँदै आएका धर्मेन्द्र मल्लको बुधबार बिहान प्याङ्क्रीयाजको क्यान्सरबाट निधन भएको थियो। केन्द्रीय सदस्य भण्डारीले मल्लको शवमा नेपाली कांग्रेसको झण्डा ओढाउँदै समाजमा धेरै जिवित मान्छेहरु मरेतुल्य हुन्छन् भने कति मान्छेको मृत्यु पछिपनि जिवित रहने गरेको बताउँदै त्यस्तै कोटीमा समाजसेवी मल्ल पर्ने बताएका थिए।

६५ वर्षिय मल्ल एक महिना अघि बिरामी भएको महसुस गरी भारतको राजिवगान्धी अस्पतालमा चेकजाँच गर्दा क्यान्सर भएको पत्ता लागेको थियो। नेपालमा पहिलो पटक समुदायबाट विद्युत उत्पादन गरेका मल्ल दरमखोला लघुविद्युतका अध्यक्ष रहेका थिए।

वामी टक्सार लगाएत बाग्लुङको दघा, दुनडाँडा, गुल्मीकै मुसिकोट, वडागाउँ, पौदीअमराई, कुर्घालगायतका विभिन्न ठाउँमा शिक्षा, स्वास्थ्य जस्ता सामाजिक काममा सहयोग गर्दै आएका मल्लको अनुहारमा जति चमक र उज्यालो देखिन्थ्यो उनको चिन्तनले वामी टक्सारबासीलाई बिजुलिको उज्यालो दिएका थिए।

मल्लकी ९४ वर्षिय आमा जिवित रहेकी छन्। उनका श्रीमती र दुई छोरा छन्। दुई छोरा मध्ये जेठा छोरा धिरेन्द्र मल्ल पेशाले चिकित्सक हुन्। उनी ललितपुर स्थित मेडिसिटी अस्पतालमा कार्यरत छन् भने अर्का शैलेन्द्र मल्ल बेल्जीयममा रोजगारीका सिलसिलामा कार्यरत छन्।

मल्लकी श्रीमती विजया कुमारी मल्लले उनलाई समाजसेवामा लाग्न प्रेरणा दिने गरेको मुसिकोट नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष प्रकाश काफ्ले बताउँछन्। मल्लको पार्थिव शरीरलाई दुई छोराले दागबत्ती दिएर बुधबारनै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको थियो।

मल्लको अन्त्येष्टीमा नेपाली कांग्रेस गुल्मीका पूर्व सभापति चन्द्र केसी, पूर्व क्षेत्रीय सभापति दामोदर भुसाल, राप्रपाका नेता भरत चन्द, शिक्षावीद् हिरामणी अर्याल, भिमलाल सापकोटा, जनमोर्चाका नेता मोहन श्रेष्ठ, समाजसेवी कृष्ण प्रसाद सापकोटा, संगितकार विजु बज्र, खगेश्वर सापकोटा लगाएत थुप्रै शुभचिन्तकको उपस्थिती रहेको थियो।

प्रतिकृया दिनुहोस्

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...

आज २०८२ साल चैत १ गतेको राशिफल

आज चैत १, २०८२ ( मार्च १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...