News Portal

  • असोज २२ गते मंगलबारको तपाईको आजको राशिफल

    हिमालीसंचार संवाददाता
    २२३७ पटक

    आज मिति वि.सं.२०८१ असोज २२ गते मंगलबार || ई.सं.२०२४ अक्टोबर ८ तारिख || नेपाल सम्बत ११४४

    मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    आजको दिन बौद्धिक कार्यबाट केही भए पनि लाभ हुने समय छ । व्यावसायिक काम भने बीचमा अवरुद्ध बन्न सक्छ । केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग भइ धनलाभ होला । आफन्तजनको साथले खुशी मिल्नेछ भने दाम्पत्य सुख वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ । खेलकूद तथा भ्रमण कार्यमा आकर्षण बढ्नेछ ।

    बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    तुलनात्मकरूपमा साताकै चुनौतीयुक्त दिन छ । पछिल्तिर बसेर कुरा काट्नेहरु बढनेछन् भने ठूला व्यक्तिबाट पनि आलोचना हुन सक्छ । वादविवादको समेत सम्भावना रहेकोले सक्दो मौनता धारण गर्नु हितकर होला । हातहतियारबाट जोगिने विशेष प्रयास गर्नु उचित हुनेछ । छरछिमेकसंग सामान्य मनमुटाव बढ्नसक्छ, तर हानी नै पुग्ने अवस्था भने होइन । मान्यजन वा अभिभावकवर्गलाई रुष्ट हुन नदिन व्यवहारमा सरलता अपनाउनुहोला । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

    मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    राजनीतिमा बर्चस्व बढाउन सकिने समय भएपनि जागिरे कार्यमा केही समस्या पैदा हुनसक्ने दिन छ । काममा झमेलाको सामना गर्नुपर्ला । प्रेमभाव वृद्धि हुनेछ भने ऋण रोग र शत्रुमाथि विजय प्राप्त होला । बौद्धिकता र रचनात्मकता बढ्नेछ । प्रयत्न गर्दा जस्तोसुकै समस्याको समाधान प्राप्त हुनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

    कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    ब्यस्तता बढ्नेछ । पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने तथा नयाँ काम मिल्नसक्ने समय छ । सोचेको काम पुरा हुन सक्छ, तर अध्ययन/अध्यापनमा खासै मन नजाला । पाहुना आगमनको योग रहेको छ । सामाजिक उत्तरदायित्व हासिल होला । नयाँ काम र जिम्मेवारी हात पर्न सक्छ । मिठो भोजन प्राप्त हुनेछ । शत्रुपक्ष परास्त हुनेछ । रसरागमा आकर्षण रहला ।

    सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    पराक्रम वृद्धि हुनेछ । आजको दिन आवश्यक परेका प्रायः सबै कामकुराहरू बन्नेछन् । आर्थिक लाभ हुन समय छ । आम्दानीको नयाँ श्रोत फेला पर्न सक्छ । सकारात्मक कर्मबाट ठूला व्यक्तिको विश्वास जित्न सकिएला । बौद्धिक क्षमतामा प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइने छ, ब्यापारमा पनि फाइदा हुने योग छ । कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुखशान्ति रहनेछ ।

    कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    नियमित कार्यमा व्यवधान पैदा भइ चिडचिडापनले पैदा हुनसक्ने समय छ । विगतमा गरेको गल्ती–कमजोरीका कारण तनाव सिर्जना हुन सक्छ । घरायसी सम्पत्तिको चिन्ताले पनि सताउने योग छ । समयले खासै साथ नदिने देखिएकोले महत्वपूर्ण कार्ययोजना थाती राख्नु उचित हुनेछ । सामाजिक मर्यादामा संकट आउन नदिन विशेष प्रयास गर्नुहोला । प्रतिकुलताका बाबजुद पराक्रम बढ्नेछ । आफन्तजनको साथ मिल्नेछ ।

    तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । कुनै विशेष काममा नजिकका नातेदारको साथ–समर्थन मिल्ने दिन छ । रुपैयापैसा तथा अन्नलाभ हुने समय छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग भएकोले प्रयत्न गर्नु उचित हुनेछ । कृषि तथा पशुपालनमा रहेकालाई फाइदा नै हुनेछ । आरोग्यता रहला । खर्च भने केही वृद्धि हुनसक्छ, सचेत रहनुहोस् ।

    बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने समय छ । धन कमाउने माध्यमको थालनी पनि हुन सक्छ । सोचेका काममा सफलता मिल्नेछ । शुभता बढेर रोकिएको काम बन्नेछ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । परिवारमा पनि सुखको माहोल बन्न्नेछ । खर्च भने केही वृद्धि हुने देखिन्छ । मिठो भोजन प्राप्त होला । । दिन खुशी साथ बित्ने देखिन्छ ।

    धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    दिन शुभदायी रहला । परिवारमा खुशीको माहोल छाउनेछ । नयाँ स्थानको यात्रा हुने र यात्रागत कार्यबाट केही धनको पनि आर्जन हुनसक्ने योग छ । पुराना साथीसंगको भेटघाटले मन हर्षित होला । कर्मबल बढ्नेछ । रसरागात्मक काममा आकर्षण रहनेछ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्ने देखिन्छ ।

    मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    समय मध्यमस्तरको छ । सोचेअनुरुप काम पूरा गर्न कठिन पर्ने समय छ । दैनिक प्रयोगको सामान बिग्रनाले अर्थहानी हुन सक्छ । स्वास्थ्य पनि केही कमजोर रहन सक्छ । कुनै नयाँ समाचारले खिन्नता पनि बढ्न सक्छ, धैर्य राख्नु उचित हुनेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य भने कायम रहला । भएको दायित्वलाई पूरा गर्नुहुनेछ ।

    कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुने समय छ, तथापि नजिकका साथीभाइकै कारण सोचेको काममा बाधा आइपर्न सक्छ । अरुको काम धेरै गर्नुपर्ला, कामको जश पनि कमै मिल्ने देखिन्छ । छर–छिमेकमा भने केही असमझदारी बढ्नसक्छ, सचेत रहनुहोला । दौडधुप बढ्नेछ । मिठो भोजन प्राप्त हुने योग छ । बौद्धिक र रचनात्मक कार्यमा विशेष लाभ छ ।

    मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइने समय छ । सामान्य अस्वस्थताको सम्भावना रहेपनि आत्मबल कायम रहनेछ । खर्च केही वृद्धि हुन सक्छ । रसरागमा आकर्षण बढ्नेछ । दाम्पत्यसुख बढ्नेछ । आफन्तजनको साथ मिल्नेछ । साझेदारीको काम बन्ने योग छ । मिठो भोजन प्राप्त हुनेछ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    अल्पविकसितबाट विकासशील राष्ट्रको यात्रामा नेपाल : प्रधानमन्त्री ओलीको विश्वास

    काठमाडौं, साउन १६ – नेपाल अब विकासको नयाँ मोडमा उभिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले...

    ऊर्जामन्त्री खड्काको भनाइ– “सीप छ भने रोजगारी टाढा छैन”

    काठमाडौं, साउन १६ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले भन्नुभयो, “रोजगारी सिर्जना र आत्मनिर्भरता...

    पूर्वगठबन्धनकै घेरामा नेपाल : “ओलीको प्रतिशोधकै नालीबेलीमा ममाथि मुद्दा लगाइयो”

    विराटनगर, साउन १६ – राजनीतिक विवेक र सत्ता स्वार्थबीचको द्वन्द्व फेरि सतहमा आएको छ। नेकपा...

    रोमानियामा निधन भएका विवश विश्वकर्माको परिवारलाई २० हजार रुपैयाँ आर्थिक सहयोग

    म्याग्दी, साउन १६ – विदेशी भूमिमा ज्यान गुमाएका म्याग्दीका एक युवा विवश विश्वकर्माको परिवारलाई नेपाली...

    ओली–प्रचण्डले स्टालिनको बाटो समाते : बाबुराम भट्टराईको गम्भीर आरोप

    काठमाडौं, साउन १६ – देशका दुई ठूला कम्युनिस्ट दलका नेताहरू केपी शर्मा ओली र पुष्पकमल...