News Portal

असोज २२ गते मंगलबारको तपाईको आजको राशिफल

हिमालीसंचार संवाददाता
२३५७ पटक

आज मिति वि.सं.२०८१ असोज २२ गते मंगलबार || ई.सं.२०२४ अक्टोबर ८ तारिख || नेपाल सम्बत ११४४

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन बौद्धिक कार्यबाट केही भए पनि लाभ हुने समय छ । व्यावसायिक काम भने बीचमा अवरुद्ध बन्न सक्छ । केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग भइ धनलाभ होला । आफन्तजनको साथले खुशी मिल्नेछ भने दाम्पत्य सुख वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ । खेलकूद तथा भ्रमण कार्यमा आकर्षण बढ्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
तुलनात्मकरूपमा साताकै चुनौतीयुक्त दिन छ । पछिल्तिर बसेर कुरा काट्नेहरु बढनेछन् भने ठूला व्यक्तिबाट पनि आलोचना हुन सक्छ । वादविवादको समेत सम्भावना रहेकोले सक्दो मौनता धारण गर्नु हितकर होला । हातहतियारबाट जोगिने विशेष प्रयास गर्नु उचित हुनेछ । छरछिमेकसंग सामान्य मनमुटाव बढ्नसक्छ, तर हानी नै पुग्ने अवस्था भने होइन । मान्यजन वा अभिभावकवर्गलाई रुष्ट हुन नदिन व्यवहारमा सरलता अपनाउनुहोला । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
राजनीतिमा बर्चस्व बढाउन सकिने समय भएपनि जागिरे कार्यमा केही समस्या पैदा हुनसक्ने दिन छ । काममा झमेलाको सामना गर्नुपर्ला । प्रेमभाव वृद्धि हुनेछ भने ऋण रोग र शत्रुमाथि विजय प्राप्त होला । बौद्धिकता र रचनात्मकता बढ्नेछ । प्रयत्न गर्दा जस्तोसुकै समस्याको समाधान प्राप्त हुनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
ब्यस्तता बढ्नेछ । पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने तथा नयाँ काम मिल्नसक्ने समय छ । सोचेको काम पुरा हुन सक्छ, तर अध्ययन/अध्यापनमा खासै मन नजाला । पाहुना आगमनको योग रहेको छ । सामाजिक उत्तरदायित्व हासिल होला । नयाँ काम र जिम्मेवारी हात पर्न सक्छ । मिठो भोजन प्राप्त हुनेछ । शत्रुपक्ष परास्त हुनेछ । रसरागमा आकर्षण रहला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पराक्रम वृद्धि हुनेछ । आजको दिन आवश्यक परेका प्रायः सबै कामकुराहरू बन्नेछन् । आर्थिक लाभ हुन समय छ । आम्दानीको नयाँ श्रोत फेला पर्न सक्छ । सकारात्मक कर्मबाट ठूला व्यक्तिको विश्वास जित्न सकिएला । बौद्धिक क्षमतामा प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइने छ, ब्यापारमा पनि फाइदा हुने योग छ । कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुखशान्ति रहनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नियमित कार्यमा व्यवधान पैदा भइ चिडचिडापनले पैदा हुनसक्ने समय छ । विगतमा गरेको गल्ती–कमजोरीका कारण तनाव सिर्जना हुन सक्छ । घरायसी सम्पत्तिको चिन्ताले पनि सताउने योग छ । समयले खासै साथ नदिने देखिएकोले महत्वपूर्ण कार्ययोजना थाती राख्नु उचित हुनेछ । सामाजिक मर्यादामा संकट आउन नदिन विशेष प्रयास गर्नुहोला । प्रतिकुलताका बाबजुद पराक्रम बढ्नेछ । आफन्तजनको साथ मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । कुनै विशेष काममा नजिकका नातेदारको साथ–समर्थन मिल्ने दिन छ । रुपैयापैसा तथा अन्नलाभ हुने समय छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग भएकोले प्रयत्न गर्नु उचित हुनेछ । कृषि तथा पशुपालनमा रहेकालाई फाइदा नै हुनेछ । आरोग्यता रहला । खर्च भने केही वृद्धि हुनसक्छ, सचेत रहनुहोस् ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने समय छ । धन कमाउने माध्यमको थालनी पनि हुन सक्छ । सोचेका काममा सफलता मिल्नेछ । शुभता बढेर रोकिएको काम बन्नेछ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । परिवारमा पनि सुखको माहोल बन्न्नेछ । खर्च भने केही वृद्धि हुने देखिन्छ । मिठो भोजन प्राप्त होला । । दिन खुशी साथ बित्ने देखिन्छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दिन शुभदायी रहला । परिवारमा खुशीको माहोल छाउनेछ । नयाँ स्थानको यात्रा हुने र यात्रागत कार्यबाट केही धनको पनि आर्जन हुनसक्ने योग छ । पुराना साथीसंगको भेटघाटले मन हर्षित होला । कर्मबल बढ्नेछ । रसरागात्मक काममा आकर्षण रहनेछ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्ने देखिन्छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय मध्यमस्तरको छ । सोचेअनुरुप काम पूरा गर्न कठिन पर्ने समय छ । दैनिक प्रयोगको सामान बिग्रनाले अर्थहानी हुन सक्छ । स्वास्थ्य पनि केही कमजोर रहन सक्छ । कुनै नयाँ समाचारले खिन्नता पनि बढ्न सक्छ, धैर्य राख्नु उचित हुनेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य भने कायम रहला । भएको दायित्वलाई पूरा गर्नुहुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुने समय छ, तथापि नजिकका साथीभाइकै कारण सोचेको काममा बाधा आइपर्न सक्छ । अरुको काम धेरै गर्नुपर्ला, कामको जश पनि कमै मिल्ने देखिन्छ । छर–छिमेकमा भने केही असमझदारी बढ्नसक्छ, सचेत रहनुहोला । दौडधुप बढ्नेछ । मिठो भोजन प्राप्त हुने योग छ । बौद्धिक र रचनात्मक कार्यमा विशेष लाभ छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइने समय छ । सामान्य अस्वस्थताको सम्भावना रहेपनि आत्मबल कायम रहनेछ । खर्च केही वृद्धि हुन सक्छ । रसरागमा आकर्षण बढ्नेछ । दाम्पत्यसुख बढ्नेछ । आफन्तजनको साथ मिल्नेछ । साझेदारीको काम बन्ने योग छ । मिठो भोजन प्राप्त हुनेछ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...