News Portal

राजपरिवार भुटानमा: भुटानी राजकुमारीले गरिन स्वागत

हिमालीसंचार संवाददाता
३८२ पटक

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह ५ सदस्यीय टोलीसहित भुटानका लागि पुगेका छन्। निजी भ्रमणका लागि बिहीबार घटस्थापनाका दिन भुटानको ड्रुक एयरलाइन्सको विमानमार्फत प्रस्थान गरेका पूर्वराजा शाह थिम्पुमा अवतरण गरेका हुन्।

जहाँ भुटानकी राजकुमारीले विमानस्थलमा पुगेर ‘रेड कार्पेट’ मा स्वागत गरेकी छन्। पूर्वराजा शाहको टोलीमा छोरी प्रेरणा, भतिजी शिताष्मा र पारिवारिक सदस्य राजु सिंह सामेल छन्।

पूर्व राजा शाहले यो भ्रमणलाई निजी भनिए पनि यसलाई राजनीतिक भ्रमणका रुपमा हेरिएको छ। भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुङको निम्तामा उनी त्यहाँ गएको स्रोतले जानकारी दिएको छ।

कतिपयले यो भ्रमणलाई भारतीय संस्थापनले भुटानी राजामार्फत आफ्नो सन्देश दिन खोजेको भन्ने अर्थमा पनि टिप्पणी गरिरहेका छन्।

भुटानी राजा भारतकै निकट भएर शासन चलाइरहेको मानिन्छ। पूर्वराजा शाहले त्यहाँ भुटानका राजा र अन्य उच्च पदस्थ पदाधिकारीसँग भेट्ने बताइएको छ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...