News Portal

उचित अवसर पाए महिला फुटबलले उत्कृष्ट नतिजा ल्याउँछ’

हिमाली संचार संवाददाता
७२२ पटक

कुमार चौलागाई 

काठमाडौँ – नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले महिला फुटबलले उचित अवसर तथा प्रशिक्षण पाए उत्कृष्ट नतिजा हासिल गर्ने बताए ।

जापानको टोकियो सन् २०२० मा हुने ओलम्पिक खेलकुदको महिला फुटबल छनोटको दोस्रो चरणमा प्रवेश गरी आज स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रशिक्षक खड्काले छनोटको दोस्रो चरण पुग्नु नेपालको लागि ऐतिहासिक उपलब्धि भएको बताउँदै आफ्नो रणनीति सफल भएको दावी गरे ।

उनले भने, ‘छनोट खेलले खेलाडीमा आत्मविश्वास उच्च भएको छ, यही आत्मविश्वासलाई कायम राख्दै खेल्यो भने साफमा अवश्य पनि राम्रो नतिजा आउँछ ।’

कप्तान निरु थापाले टिमको उत्कृष्ट प्रदर्शनले ओलम्पिक महिला फुटबल छनोटको दोस्रो चरणमा पुग्न सफल भएको बताएकी छिन् ।

कप्तान थापाले भनिन्, ‘हामीले प्रशिक्षकले भनेअनुसार नै खेल्यौँ, त्यसैले प्रतियोगितामा हामी सफल भयौँ, हाम्रो रणनीति सफल भयो ।’ पहिलो कप्तानी मै उच्च प्रदर्शन गरेकोमा उनले खुशी व्यक्त गरिन् ।

नेपाली टोलीको स्ट्राइकरसमेत रहेकी निरुले छनोटमा दुई गोलसमेत गरेकी थिइन् । निरुले भारत र बङ्गलादेशविरुद्ध एक÷एक गोल गरेकी थिइन् । नेपाली टोलीलाई स्वागत गर्न अखिल नेपाल फुटबल सङ्घ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पालगायत पदाधिकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

म्यान्मामा सम्पन्न ओलम्पिक खेलकुदको महिला फुटबल छनोटको पहिलो चरणमा नेपाल उत्कृष्ट तेस्रो हुँदै दोस्रो चरणमा प्रवेश गरेको हो । नेपालले समूह सीमा तीन खेलबाट तीन अङ्क बनाउँदै तेस्रो भएको थियो । तेस्रो स्थानमा भएका उत्कृष्ट दुई टोली दोस्रो चरणमा पुग्ने प्रावधान छ ।

नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्का

पहिलो चरणबाट छनोट भएका १० र बरियतामा आधारमा पहिले नै दोस्रो चरणका लागि स्थान पक्का गरिसकेको भियतनाम र उज्वेकिस्तानबीच आगामी वर्ष अप्रिलमा दोस्रो चरणको प्रतियोगिता हुनेछ ।

पहिलो चरणबाट छनोट हुनेमा नेपालसहित चाइजिन ताइपेइ, इरान, म्यानमार जोडन, फिलिपिन्स, हङकङ, भारत, इन्डोनेसिया र प्यालेष्टाइन छन् । अब १२ राष्ट्रलाई तीन समूहमा विभाजन गरेर दोस्रो चरणमा छनोट खेलाइनेछ ।

जसबाट समूह विजेता हुने तीन टोली तेस्रो चरणमा प्रवेश गर्ने छन् । अष्ट्रेलिया, चीन, उत्तर कोरिया, दक्षिण कोरिया र थाइल्याण्ड उक्त बरियताका आधारमा यसअघि नै तेस्रो चरणका लागि छनोट भइसकेको छ ।

तेस्रो चरणका आठ राष्ट्रलाई दुई समूहमा विभाजन गरेर खेलाइनेछ । त्यसबाट उत्कृष्ट दुई÷दुई टोली अन्तिम चरणमा पुग्नेछन् । जहाँबाट दुई टोली २०२० ओलम्पिक महिला फुटबलका लागि छनोट हुनेछन् ।

दुई साता लामो चीनमा प्रशिक्षण गरी नेपाली टोली म्यान्मार प्रस्थान गरेको थियो । चीनमा रहँदा नेपाली टोलीले त्यहाँ तीनवटा मैत्रीपूर्ण फुटबल खेख खेलेको थियो । नेपाली टोलीमा २२ खेलाडी, दुई प्रशिक्षक र दुई अफिसियल रहेका थिए ।

प्रशिक्षकमा हरि खड्का र मृगेन्द्रप्रसाद मिश्र, टोली नेतामा दीर्घबहादुर केसी र व्यवस्थापकमा कमला हीराचन थकाली तथा खेलाडीमा गोलकिपरम एन्जिला तुम्बोप्पो सुब्बा, रुपा राना मगर, लिला लाम्गाडे, डिफेन्डरमा गीता राना, रञ्जना दर्जी, हीराकुमारी भुजेल, मनमाया लिम्बु, अमृता जैसी, मेनुका गिरी, कबिता धिमाल, पुनम मगर, मिडफिल्डरमा रेनुका नगरकोटी, दीपा राई, इन्दिरा राई, विमला चौधरी, दीपा अधिकारी, अनिता बस्नेत, दीपा न्यौपाने, स्ट्राइकरमा अनिता केसी, सावित्रा भण्डारी, निरु थापा र शर्मिला थापा रहेको थिए ।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...