News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • उचित अवसर पाए महिला फुटबलले उत्कृष्ट नतिजा ल्याउँछ’

    हिमाली संचार संवाददाता
    ५७७ पटक

    कुमार चौलागाई 

    काठमाडौँ – नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले महिला फुटबलले उचित अवसर तथा प्रशिक्षण पाए उत्कृष्ट नतिजा हासिल गर्ने बताए ।

    जापानको टोकियो सन् २०२० मा हुने ओलम्पिक खेलकुदको महिला फुटबल छनोटको दोस्रो चरणमा प्रवेश गरी आज स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रशिक्षक खड्काले छनोटको दोस्रो चरण पुग्नु नेपालको लागि ऐतिहासिक उपलब्धि भएको बताउँदै आफ्नो रणनीति सफल भएको दावी गरे ।

    उनले भने, ‘छनोट खेलले खेलाडीमा आत्मविश्वास उच्च भएको छ, यही आत्मविश्वासलाई कायम राख्दै खेल्यो भने साफमा अवश्य पनि राम्रो नतिजा आउँछ ।’

    कप्तान निरु थापाले टिमको उत्कृष्ट प्रदर्शनले ओलम्पिक महिला फुटबल छनोटको दोस्रो चरणमा पुग्न सफल भएको बताएकी छिन् ।

    कप्तान थापाले भनिन्, ‘हामीले प्रशिक्षकले भनेअनुसार नै खेल्यौँ, त्यसैले प्रतियोगितामा हामी सफल भयौँ, हाम्रो रणनीति सफल भयो ।’ पहिलो कप्तानी मै उच्च प्रदर्शन गरेकोमा उनले खुशी व्यक्त गरिन् ।

    नेपाली टोलीको स्ट्राइकरसमेत रहेकी निरुले छनोटमा दुई गोलसमेत गरेकी थिइन् । निरुले भारत र बङ्गलादेशविरुद्ध एक÷एक गोल गरेकी थिइन् । नेपाली टोलीलाई स्वागत गर्न अखिल नेपाल फुटबल सङ्घ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पालगायत पदाधिकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

    म्यान्मामा सम्पन्न ओलम्पिक खेलकुदको महिला फुटबल छनोटको पहिलो चरणमा नेपाल उत्कृष्ट तेस्रो हुँदै दोस्रो चरणमा प्रवेश गरेको हो । नेपालले समूह सीमा तीन खेलबाट तीन अङ्क बनाउँदै तेस्रो भएको थियो । तेस्रो स्थानमा भएका उत्कृष्ट दुई टोली दोस्रो चरणमा पुग्ने प्रावधान छ ।

    नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्का

    पहिलो चरणबाट छनोट भएका १० र बरियतामा आधारमा पहिले नै दोस्रो चरणका लागि स्थान पक्का गरिसकेको भियतनाम र उज्वेकिस्तानबीच आगामी वर्ष अप्रिलमा दोस्रो चरणको प्रतियोगिता हुनेछ ।

    पहिलो चरणबाट छनोट हुनेमा नेपालसहित चाइजिन ताइपेइ, इरान, म्यानमार जोडन, फिलिपिन्स, हङकङ, भारत, इन्डोनेसिया र प्यालेष्टाइन छन् । अब १२ राष्ट्रलाई तीन समूहमा विभाजन गरेर दोस्रो चरणमा छनोट खेलाइनेछ ।

    जसबाट समूह विजेता हुने तीन टोली तेस्रो चरणमा प्रवेश गर्ने छन् । अष्ट्रेलिया, चीन, उत्तर कोरिया, दक्षिण कोरिया र थाइल्याण्ड उक्त बरियताका आधारमा यसअघि नै तेस्रो चरणका लागि छनोट भइसकेको छ ।

    तेस्रो चरणका आठ राष्ट्रलाई दुई समूहमा विभाजन गरेर खेलाइनेछ । त्यसबाट उत्कृष्ट दुई÷दुई टोली अन्तिम चरणमा पुग्नेछन् । जहाँबाट दुई टोली २०२० ओलम्पिक महिला फुटबलका लागि छनोट हुनेछन् ।

    दुई साता लामो चीनमा प्रशिक्षण गरी नेपाली टोली म्यान्मार प्रस्थान गरेको थियो । चीनमा रहँदा नेपाली टोलीले त्यहाँ तीनवटा मैत्रीपूर्ण फुटबल खेख खेलेको थियो । नेपाली टोलीमा २२ खेलाडी, दुई प्रशिक्षक र दुई अफिसियल रहेका थिए ।

    प्रशिक्षकमा हरि खड्का र मृगेन्द्रप्रसाद मिश्र, टोली नेतामा दीर्घबहादुर केसी र व्यवस्थापकमा कमला हीराचन थकाली तथा खेलाडीमा गोलकिपरम एन्जिला तुम्बोप्पो सुब्बा, रुपा राना मगर, लिला लाम्गाडे, डिफेन्डरमा गीता राना, रञ्जना दर्जी, हीराकुमारी भुजेल, मनमाया लिम्बु, अमृता जैसी, मेनुका गिरी, कबिता धिमाल, पुनम मगर, मिडफिल्डरमा रेनुका नगरकोटी, दीपा राई, इन्दिरा राई, विमला चौधरी, दीपा अधिकारी, अनिता बस्नेत, दीपा न्यौपाने, स्ट्राइकरमा अनिता केसी, सावित्रा भण्डारी, निरु थापा र शर्मिला थापा रहेको थिए ।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज जेठ ६, २०८२ (मे १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    काठमाडौं मेयर बालेन शाह गणतन्त्र दिवसको मूल समारोह समितिबाट हट्ने सम्भावना, प्रधानमन्त्री ओलीको कडा संकेत

    काठमाडौं, जेठ ५ – गणतन्त्र दिवस २०८२ को मूल समारोहको तयारीका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा...

    बसको ठक्करबाट रंगेलीमा मिराको मृत्यु

    मोरङ, जेठ ५ – रंगेली नगरपालिका–७ स्थित निचामारी चोकमा बसको ठक्करबाट एक किशोरीको ज्यान गएको...

    रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ फेरि स्थगित, मंगलबार हेर्ने तयारी

    काठमाडौं, जेठ ५ – पूर्वगृहमन्त्री रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा आज पनि सुनुवाइ...

    बुढीगण्डकी आयोजना जनताको सेयरबाट निर्माण गर्न सकिने सम्भावना : सांसद बजगाई

    काठमाडौं, जेठ ५ – नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले बुढीगण्डकी जलविद्युत आयोजना जनताको सेयरबाट निर्माण...