News Portal

लघुकथा – निलो घाँस

तपिकुमार सिंह ठकुरी
६३६ पटक

बाटोमा हिड्दै गरेको स्यालले सुकेको घाँस खाइरहेको गधालाई देख्छ। गधाको नजिकै गएर स्यालले गधालाई सोध्छ-ए ! गधा उतातिर हरियो घाँस प्रसस्तै छ र पनि किन सुकेको घाँस खाको हँ ! गधा स्याल तिर फर्कदै भन्छ- तँ बौलाइस कि क्या हो स्याल घाँस हरियो हुन्छ भनेर कल्ले भन्यो तलाइ हँ ! स्याल हाँस्दै भन्छ- बौलाएको म हैन गधा तँ बौलाइस् एक त हरियो घाँस खान छाडेर सुकेको घाँस खाइराको उसैमा घाँस हरियो हुन्न भन्छ।

दुबै को एक छिन हरियो र निलो मा चर्काचर्कि ठूलै भयो। स्याल भन्छ घाँस हरियो हुन्छ, गधा भन्छ घाँस निलो हुन्छ। फोकटमा हिडिरहेको स्यालले गधा सँग बहस गर्दा दिमाग खराब गरयो। दुइटाको अवस्था हात हालाहाल सम्म पुग्यो। एक छिन बिश्राम पस्चात यस्को फैसला गर्न को लागि बनको राजा सिँह ठाउँमा जाने निर्णय गरेर दुबै जना सिंह राजा समक्ष उपस्थित भए।
स्यालले पहिला सिँह राजा समक्ष आफ्नो कुरा राख्दै- महाराज ! म सिधै बाटो हिडिरहेको थिए, बाटोको तलतिर यो गधा सुकेको घाँस किन खाइरहेको ए ! गधा उतातिर हरियो घाँस प्रसस्तै छ हरियो घाँस खा’न भनेको घाँस हरियो हुन्छ भनेर तँलाई कल्लै भन्यो घाँस निलो हुन्छ भनेर मलाइ बेकुब बनायो लौ महाराज ! घाँस हरियो हुन्छ नि ?

स्यालको कुरा सुनिसके पछि सिँह राजा ले गधालाई आफ्नो कुरा राख्न भने। गधा ले आफ्नो कुरा राख्दै-महाराज ! यो स्याल बेकुब नै हो संसारमा जतिपनि घाँस छ यिनको रंग निलो नै हुन्छ। अब सरकार ले फैसला सुनाइबक्स्योस् महाराज !

राजालाई सबै कुरा समझमा आइसकेको थियो, फैसला सुनाउदै-घाँसको रंग निलो नै हुन्छ गधा ले जे भनेको हो त्यो सहि छ। फैसला सुन्ना साथ गधा खुशी ले बुर्कुसि मार्दै आफ्नो घरतिर लाग्यो। यता स्याललाइ यो फैसला ले चित्त बुझेको थिएन। एकपल्ट राजालाइ भेटेर यो फैसला गलत हो भन्न मन लाग्यो। निन्याउरो अनुहार बनाएर स्याल उभिरहेको देखेर राजाले सोधे- ए ! स्याल किन के भो तँ घरतिर नगएको ? स्याल राजाको नजिकै भएर- मराज! हजुरको फैसलामा म सन्तुष्ट हुन सकिन किनकि घाँस को रंग त हरियो नै हुन्छ होइन र प्रभु ! राजा हाँस्दै- मुर्ख! घाँस को रंग त हरियो नै हुन्छ सबैलाइ थाहा छ त्यो गधालाई पनि थाहा छ मलाई नि थाहा छ। स्याल भन्छ- फेरि पनि सरकाले गधा कै पक्षमा फैसला गरिबक्स्यो त। राजा हाँस्दै- तँ सरासर बाटो हिडिरहेको गधा सँग किन मुख लागाउन गइस एक त उस्को जात नै गधा, गधासँग मुखलगाउन जाने तँ महा गधा तेसैले फैसला मा सहि गधाको गरेको। तेसैले सय बिद्वान को सामु एक मुर्ख भयो भने सबैलाइ मुर्ख बनाउछ।

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...