News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • असोज ८ गते मंगलबारको तपाईको दैनिक राशिफल

    हिमालीसंचार संवाददाता
    ८७५ पटक

    आज मिति वि.सं.२०८१ असोज ०८ गते मंगलबार || ई.सं.२०२४ सेप्टेम्बर २४ || नेपाल सम्बत ११४४

    मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):
    यात्राको क्रममा लाभ मिल्ने र सन्तानपक्षबाट पनि सुख पाइने समय छ । व्यापारमा पनि सुधार आउनेछ । मनमा रहेको आशंका हटेर काममा उत्साह बढ्ला । टाढाको यात्रा गर्ने अवसर पनि जुर्न सक्छ । आय वृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।

    बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):
    दिन त्यति शुभदायी सावित नहोला । आजको दिन स्वास्थ्यमा विशेष ध्यान दिनु हितकर होला । धेरै श्रम गरे पनि फल भने तुलनत्मक रूपमा कमै मिल्ला । कामको मूल्याङ्कन पनि खासै नहोला । सञ्चित रकम पनि खर्च गर्नुपर्ने योग छ । हतारको निर्णयले काम बिग्रन सक्छ, सचेत रहनुहोस् । दायित्व बढ्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ । आफन्तको साथ मिल्नेछ ।

    मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):
    आफन्तजनको सहयोग र बौद्धिक उन्नतिले काममा सफलता मिल्ने दिन छ । तर खर्च भने केही बढ्ला । स्वास्थ्यप्रति सजग रहनुहोला । कुराकाटनेहरू सक्रिय हुन सक्छन् । नयाँ योजना बनाउन र दीर्घकालीन योजना बनाउन आजको दिन अनुकूल नहुन सक्छ । तथापि, शत्रुमाथि विजय प्राप्त हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । यात्रा सफल रहला ।

    कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):
    दौडधुप बढेपनि आजको दिन राम्रै आम्दानी होला । छरछिमेकबाट सरसहयोग प्राप्त हुनेछ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने समय छ । सोच्ने शक्ति बढ्ला । कुरा काटनेहरू प्रशंसा गर्न थाल्नेछन् । रसरागमा आकर्षण बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । भ्रमणमा रुचि बढ्ला ।

    सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):
    थालेका कामहरु सहजै बन्नसक्ने दिन छ । नयाँ काम पनि अघि बढ्ला । काममा मन जानाले चिताएको काम सहजै बन्नेछ । आर्थिक लगानी बढाउन अनुकूल समय छ । नयाँ ठाउँमा लगानीको वातावरण बनी मन हर्षित हुनेछ । परिश्रमले धेरै काम बन्नेछन्, आलस्य नगरी कर्ममा लाग्नुहोला । दाम्पत्य सुख र आरोग्यता बढ्नेछ । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ ।

    कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):
    चुनौतीपूर्ण समय छ । आगो तथा हातहतियारको प्रयोगमा आज विशेष सावधानी अपनाउनुहोला । कुरा काट्नेहरु सक्रिय रहने छन् भने पतिपत्नीबीच घरसल्लाह नमिल्ने योग छ । खर्च पनि केही बढ्ने देखिन्छ । अनावश्यक रुपमा कसैसंग विवाद हुन सक्छ, सावधान रहनु हितकर होला । यात्राको काम छ भने भरसक टारेकै राम्रो हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

    तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):
    कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला क्षेत्रमा रुचि बढ्नेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि होला । जागिरमा भने आज अनावश्यक झमेलाको सामना गर्नुपर्ला । प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । विलासी काममा आकर्षण बढ्ला ।

    बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):
    कठोर मितिनेतले काममा सफलता प्राप्त हुनेछ । परिवारिक सुख बढ्ला । अल्झेको काम बन्नाले मनमा एक उल्लास छाउला । कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रशन्नता मिल्ने दिन छ, आफन्तुसँग भेटघाट होला । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । धनलाभको समय छ । । आरोग्यता रहनेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त गर्नुहुनेछ ।

    धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):
    रुचिका विषयमा लगानी बढाउने समय छ । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक तथा ब्यापारिक कामकाजमा फाइदा होला । पराक्रम बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । खेलकुद र भ्रमणमा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रसरागात्मक काममा आकर्षण बढ्ला ।

    मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):
    कर्मबल बढ्नेछ तर भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला । मनमा पीडाले डेरा जमाउन सक्छ । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ । चोटपटकको भय पनि छ, सावधान रहनुहोला । हातहतियारको प्रयोग गर्दा सचेत रहनु हितकर हुनेछ । नियमकानूनले साथ दिनेछ, दायित्व पूरा गर्नुहुनेछ । भएको दायित्वलाई पूरा गर्नुहुनेछ । यात्रा सफल रहला ।

    कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):
    महत्वपूर्ण काम बन्नेछन् भने लगनशिलता र इमान्दारिताको प्रशंसा गर्नेहरू बढ्नेछन् । मनमा शान्ति छाउनेछ । परिवारसँग आत्मीयता बढ्नेछ । प्रेम प्रस्तावको पनि सम्भावना छ । गीत–संगीतमा मन जाला । विभिन्न अवसरले पछ्याउनेछन् । आरोग्यता बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । समयको लाभ उठाउने प्रयत्न गर्नुहोला ।

    मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):
    आर्थिक क्षेत्रमा लाभ हुने समय छ । कृषि तथा वैदेशिक क्षेत्रमा दिन एकदमै राम्रो छ । घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ । मिष्ठान्न भोजनको योग रहेको छ । अरुको विश्वास सजिलै जितिएला । रोकिएको काम बन्नेछ । सभासमारोहमा सम्मानित हुनुहोला । वार्तामा सफलता मिल्नेछ । साझेदारीको काम बन्नेछ।

    राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्।

    प्रतिकृया दिनुहोस्

    अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने

    काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउने कार्य...

    कार्यालयमा बाढी पसेपछि एपीवन टेलिभिजनको प्रसारण बन्द

    काठमाडौं। कार्यालयमा बाढी पसेपछि एपीवन एचडी टेलिभिजनको प्रसारण रोकिएको छ। टेलिभिजनका प्रधान सम्पादक दीपेन्द्र बान्तावाले...

    हिजबुल्लाहको ‘हेटक्वाटर’मै इजरायली सेनाको हमला

    एजेन्सी। इजरायली सेनाले लेबनानको राजधानी बेरुतमा रहेको हिजबुल्लाहको मुख्यालय (हेटक्वाटर)मा आक्रमण गरेको दाबी गरेको छ।...

    असोज १२ गते शनिबारको तपाईको दैनिक राशिफल

    आज मिति वि.सं.२०८१ असोज १२ गते शनिबार || ई.सं.२०२४ सेप्टेम्बर २८ || नेपाल सम्बत ११४४...

    सरकारले लेबनानमा रहेका नेपालीलाई भन्यो- समस्या परेमा दूतावासमा सम्पर्क गर्नू

    काठमाडौँ। सरकारले लेबनानमा रहेका नेपालीहरुलाई सतर्कता अपनाउन अनुरोध गरेको छ। इजिप्टको कायरोस्थित नेपाली राजदूतावासले सूचना...