News Portal

खगेन्द्र गिरि “कोपिला” का पाँच मुक्तक !

हिमाली संचार संवाददाता
७६९ पटक

खगेन्द्र गिरि कोपिला

मुक्तक – १

नहाँसेको भए लजालु हाँसो, प्यार कहाँ हुन्थ्यो ?
नपाएको भए आँखाको नासो, प्यार कहाँ हुन्थ्यो ?
आकर्षण, प्रस्ताब, समर्पण, अन्जानमैं भए पनि-
हुँदैन थियो यदि यो गुनासो, प्यार कहाँ हुन्थ्यो ?

मुक्तक – २

फूलभन्दा दिप्त हुन्छ अनुहारको रंग ।
सम्हाली राख्नु पर्छ बडो जतनसंग ।
संकेत मैं व्यक्त हुन्छ हृदयको भाषा-
मौन नै रहे पनि सम्बन्धका प्रसंग ।

मुक्तक – ३

न तृष्णा छ न कुनै भोक छ ।
न चिन्ता छ न केहि शोक छ ।
नियाली हेर्नुस् त यो दिलमा-
संसारले खोजेको सबथोक छ ।

मुक्तक – ४

मायाले अग्लिएको मन कहाँ लगेर राखुँ ?
खुसीले संलिएको मन कहाँ लगेर राखुँ ?
बिर्सिंदै सम्झेका पलहरु आँखामा नाँचेर-
मैनझैं पग्लिएको मन कहाँ लगेर राखुं ?

मुक्तक – ५

अभीप्सा मात्रै छन् मसंग, हृदयभरि सजाएका ।
केही हुरीले जोगाएका, केही आँधीले बचाएका ।
मनको आश्रयस्थललाई, बिसौनी ठान्दै पर्खिएका-
कति छन् कति सपनाहरु, यी आँखामा अटाएका ।

आदर्शमार्ग नेपालगंज ,बाँके 

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...