News Portal

श्रीलंकाको राष्ट्रपतिमा दिसानायके निर्वाचित

हिमालीसंचार संवाददाता
२८३ पटक

एजेन्सी। भ्रष्टाचारीलाई कडा कारबाही गर्ने वाचासहित चुनाव लडेका मार्क्सवादी नेता अनुरा कुमारा दिसानायके श्रीलंकाको राष्ट्रपति निर्वाचित भएका छन्।

५६ वर्षीय दिसानायके जनता विमुक्ति पेरामुना (जेभीपी) पार्टीका नेता हुन्। जो गत २० वर्षदेखि सांसद थिए।

पहिलो चरणमा कुनै उम्मेदवारले पनि ५० प्रतिशत र एक मत नपुर्‍याएपछि मतगणना दोस्रो चरणमा पुगेको थियो। जसमा मतदाताले दोस्रो र तेस्रो प्राथमिकतामा राखेका उम्मेदवारको मत गणना गरिएको थियो।

पहिलो चरणको मतपरिणामअनुसार दिसानायकेले ४२.३६ प्रतिशत अर्थात् ५६ लाख मत पाएका छन्।

निकटतम प्रतिद्वन्द्वी सजित प्रेमदासाको मत ३२.७२ प्रतिशत अर्थात् ४३ लाख ३० हजार छ। रनिल विक्रमासिंगे तेस्रो स्थानमा खुम्चेका छन्। उनले १७‍.२५ अर्थात् झण्डै २३ लाख मत पाए।

२०२२ को आर्थिक संकटपछि भएको पहिलो निर्वाचनले मुलुकलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ। दिसानायकेले मुलुकमा व्यापक परिवर्तन ल्याउने, भ्रष्टाचार नसहने र गरिबलाई सहयोग पुग्ने आर्थिक नीति अवलम्बन गर्ने वाचा गरेका छन्।

तर, ठूलो वैदेशिक ऋण र महँगीजस्ता समस्यासँग जुधिरहेको श्रीलंकाको संकट समाधान गर्न सजिलो नहुने विज्ञहरूको भनाइ छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...