News Portal

नेपाल प्रहरीमा पहिलो महिला एआइजी डा.दुर्गा थापा

हिमाली संचार संवाददाता
८२९ पटक

काठमाडौं : नेपाल प्रहरीले पहिलो महिला अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) पाएको छ। प्राविधिकतर्फ प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत डिआइजी डा. दुर्गा थापालाई आइजिपी सर्वेन्द्र खनालले मंगलबार एआइजीको दर्ज्यानी चिन्ह लगाइदिएपछि प्रहरीले पहिलो महिला एआइजी पाएको हो।

नेपाल प्रहरीको सर्वोच्च पदमा पुग्ने डा. थापा पहिलो महिला हुन्। यसअघि नेपाल प्रहरीमा डिआइजीसम्म महिला भएका थिए। डा. थापालाई मन्त्रीपरिषदको कात्तिक २५ गतेको निर्णयअनुसार एआइजीमा बढुवा गरिएको हो।

उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले डा. थापालाई बधाई तथा शुभकामना दिँदै पदोन्नति पछिको योगदान अझै बढी महत्वपूर्ण हुने भएकोले अस्पतालको व्यवस्थापन र स्तरोन्नतिका लागि अग्रसर हुनु पर्ने बताए।

नेपाल प्रहरी अस्पताललाई नेपालमै रहेका अस्पतालमध्ये उत्कृष्ट अस्पतालका रुपमा स्थापित गर्नु पर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले नेपाल सरकार तथा संगठनले लिएको नीतिलाई अक्षरसः कार्यान्वयन गर्दै पारदर्शी रुपमा अस्पतालको कार्यसम्पादन हुने विश्वास समेत व्यक्त गरेका थिए।

एआइजी डा. दुर्गा थापाले अस्पताललाई आधुनिक, अनुशासित र कार्यरत कर्मचारीहरुको मनोबल उच्च राखी सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्ने बताइन्।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...