News Portal

नेपाल प्रहरीमा पहिलो महिला एआइजी डा.दुर्गा थापा

हिमाली संचार संवाददाता
७७० पटक

काठमाडौं : नेपाल प्रहरीले पहिलो महिला अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) पाएको छ। प्राविधिकतर्फ प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत डिआइजी डा. दुर्गा थापालाई आइजिपी सर्वेन्द्र खनालले मंगलबार एआइजीको दर्ज्यानी चिन्ह लगाइदिएपछि प्रहरीले पहिलो महिला एआइजी पाएको हो।

नेपाल प्रहरीको सर्वोच्च पदमा पुग्ने डा. थापा पहिलो महिला हुन्। यसअघि नेपाल प्रहरीमा डिआइजीसम्म महिला भएका थिए। डा. थापालाई मन्त्रीपरिषदको कात्तिक २५ गतेको निर्णयअनुसार एआइजीमा बढुवा गरिएको हो।

उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले डा. थापालाई बधाई तथा शुभकामना दिँदै पदोन्नति पछिको योगदान अझै बढी महत्वपूर्ण हुने भएकोले अस्पतालको व्यवस्थापन र स्तरोन्नतिका लागि अग्रसर हुनु पर्ने बताए।

नेपाल प्रहरी अस्पताललाई नेपालमै रहेका अस्पतालमध्ये उत्कृष्ट अस्पतालका रुपमा स्थापित गर्नु पर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले नेपाल सरकार तथा संगठनले लिएको नीतिलाई अक्षरसः कार्यान्वयन गर्दै पारदर्शी रुपमा अस्पतालको कार्यसम्पादन हुने विश्वास समेत व्यक्त गरेका थिए।

एआइजी डा. दुर्गा थापाले अस्पताललाई आधुनिक, अनुशासित र कार्यरत कर्मचारीहरुको मनोबल उच्च राखी सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्ने बताइन्।

प्रतिकृया दिनुहोस्

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...