News Portal

  • एनसेलको लाइसेन्स ५ वर्षलाई नवीकरण

    हिमालीसंचार संवाददाता
    १८७ पटक

    काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलको लाइसेन्स नवीकरण गरेको छ।

    गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्राधिकरणले आइतबार एनसेलको जीएसएम सेलुलर मोबाइल सेवाको लाइसेन्स थप ५ वर्षका लागि नवीकरण गरेको हो।

    सरकारले एनसेललाई चार किस्तामा शुल्क तिर्ने सुविधा दिने निर्णय गरेको थियो। त्यसअनुसार कम्पनीले पहिलो किस्ताबापत ५ अर्ब रुपैयाँ बुझाएकाले प्राधिकरण बोर्ड बैठकको निर्णयअनुसार लाइसेन्स नवीकरण गरिएको हो।

    एनसेलले तिर्नुपर्ने २० अर्बमध्ये ५ अर्ब बुझाएपछि आइतबार थप पाँच वर्षका लागि लाइसेन्स नवीकरण गरिएको छ हो। बाँकी १५ अर्ब प्रत्येक वर्ष ५/५ अर्बका दरले तीन किस्तामा तिर्न सक्ने सुविधा छ। बाँकी रकममा १० प्रतिशत ब्याज दस्तुर लाग्नेछ।

    कम्पनीले चाहेमा किस्ता रकम समयभन्दा अगाडि पनि तिर्न सक्छ। पहिलो किस्ताबापत तिरेको पाँच अर्बमध्ये यसअघि चार अर्ब तिरेकोमा अहिले एक अर्ब तिरेको हो।

    एनसेलले २०६१ सालको भदौ १६ मोबाइल सेवाका लागि लाइसेन्स लिएको थियो। दूरसञ्चार ऐन, २०५३ अनुसार टेलिकम कम्पनीको लाइसेन्स अवधि २५ वर्ष हुन्छ। पहिलो पटक १० वर्षका लागि लाइसेन्स पाउने व्यवस्था छ।

    त्यसपछि हरेक पाँच वर्षमा २० अर्ब रुपैयाँ शुल्क तिरेर नवीकरण गर्नुपर्छ। एनसेलले अहिले अन्तिम ५ वर्षका लागि नवीकरण गरेको हो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज ४ गतेको राशिफल

    आज असोज ४, २०८२ (सेप्टेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    युक्रेनमा फँसेका दुई नेपाली नागरिक उद्धार

    काठमाडौं, असोज ३ – वैदेशिक रोजगारीको क्रममा भारत हुँदै युक्रेन पुगेका दुई नेपाली नागरिक सुरक्षित...

    राष्ट्रपति पौडेलः प्रतिनिधिसभा विघटन अपरिहार्य निर्णय

    काठमाडौं, असोज ३ – राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय नभएको कारण...

    महेश बस्नेतले गरे सुधन गुरुङ एमालेमा आउन सक्ने दाबी

    काठमाडौं, असोज ३ – नेकपा एमालेले संविधान दिवसको अवसरमा केन्द्रीय कार्यालय च्यासलमा कार्यक्रम आयोजना गरेको...

    देउवाको स्वास्थ्यमा सुधार, टाउकोमा १२ टाँका

    काठमाडौं, असोज ३ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको टाउकोमा गम्भीर चोट लागेको छ। उपचारको...