News Portal

रारा राष्ट्रिय निकुञ्जमा झुण्डिएको अवस्थामा शव फेला

हिमाली संचार संवाददाता
६९१ पटक

जीवन सेजुवाल
मुगु : रारा राष्ट्रिय निकुञ्ज क्षेत्र भित्रको छाँयानाथ रारा नगरपालिका-३ गंगी चौरमा रुखमा झण्डिएको अवस्था शव भेटिएको छ। सोमबार दिउँसो निकुञ्जभित्र घाँस दाउरा गर्न गएका स्थानीयले रुखमा झुण्डिएको अवस्थामा शव देखेपछि निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनालाई जानकारी दिएका थिए।

तत्कालै सेनाले जिल्ला प्रहरी कार्यालयलाई खबर गरेपछि घटनास्थलमा पुगेको प्रहरीले रुखमा झुण्डिएको अवस्थामा शव फेला पारेको हो। शवको अवस्था हेर्दा घटना सोमबार नै भएको हुनसक्ने प्रहरीले जनाएको छ।

झुण्डिएको अवस्थामा फेला परेका व्यक्तिको साथबाट परिचय खुल्ने कुनै कागजात नभेटिएकाले उनको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालयका निरीक्षक डेगेन्द्र शर्माले जानकारी दिए। निरीक्षक शर्माका अनुसार मृतकको उमेर अन्दाजी ४० देखि ४५ वर्षको जस्तो देखिन्छ। शव अहिले जिल्ला अस्पताल ठिनीमा राखिएको छ। नागरिक

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईकाे जेसिवी ग्यारेजमा सम्धित निकाय माैन!

रबिन्द्र बराल– मोरङको रतुवामाई  नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको...

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...