News Portal

रारा राष्ट्रिय निकुञ्जमा झुण्डिएको अवस्थामा शव फेला

हिमाली संचार संवाददाता
६४३ पटक

जीवन सेजुवाल
मुगु : रारा राष्ट्रिय निकुञ्ज क्षेत्र भित्रको छाँयानाथ रारा नगरपालिका-३ गंगी चौरमा रुखमा झण्डिएको अवस्था शव भेटिएको छ। सोमबार दिउँसो निकुञ्जभित्र घाँस दाउरा गर्न गएका स्थानीयले रुखमा झुण्डिएको अवस्थामा शव देखेपछि निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनालाई जानकारी दिएका थिए।

तत्कालै सेनाले जिल्ला प्रहरी कार्यालयलाई खबर गरेपछि घटनास्थलमा पुगेको प्रहरीले रुखमा झुण्डिएको अवस्थामा शव फेला पारेको हो। शवको अवस्था हेर्दा घटना सोमबार नै भएको हुनसक्ने प्रहरीले जनाएको छ।

झुण्डिएको अवस्थामा फेला परेका व्यक्तिको साथबाट परिचय खुल्ने कुनै कागजात नभेटिएकाले उनको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालयका निरीक्षक डेगेन्द्र शर्माले जानकारी दिए। निरीक्षक शर्माका अनुसार मृतकको उमेर अन्दाजी ४० देखि ४५ वर्षको जस्तो देखिन्छ। शव अहिले जिल्ला अस्पताल ठिनीमा राखिएको छ। नागरिक

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...