News Portal

परराष्ट्रमन्त्री राणाकी आमा प्रतिभा राणा राप्रपामा पुन: सक्रिय, लिङ्देनले बनाए राप्रपाको सल्लाहकार

हिमालीसंचार संवाददाता
३९१ पटक

काठमाडौं। सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी सासु एवं परराष्ट्रमन्त्री डा. आरजु राणाकी आमा प्रतिभा राणा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा फेरि सक्रिय बनेकी छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले हिजो उनलाई पार्टीको केन्द्रीय सल्लाहकार समितिमा मनोनयन गरे।

राणा पहिल्यैदेखि राप्रपामा आवद्ध भएर विभिन्न लाभको पदमा समेत पुगेकी थिइन्। उनी जापानका लागि नेपालकी राजदुत भइन्। पछिल्लो समय निस्क्रिय थिइन्।

लामो समय राप्रपा केन्द्रीय सदस्य रहेकी राणा पहिलो संविधानसभामा राप्रपाबाट समानुपातिक सभासद बनेकी थिइन्। उनी विज्ञान तथा प्रविधि राज्यमन्त्रीसमेत बनिन्।

२०७४ सालमा राणा जापानका लागि नेपाली राजदूत नियुक्त भइन्। कमल थापा परराष्ट्रमन्त्री भएका बेला राप्रपाबाट प्रतिभासहित निरञ्जन थापा र भरत रायमाझीलाई राजदूत बनाएका थिए। सरकार परिवर्तनपछि थापा र रायमाझी फिर्ता बोलाइए पनि प्रतिभा भने फर्किनु परेन। देउवाको राजनीतिक आडमा उनले राजदुतको ४ वर्षको पुरै कार्यकाल व्यतित गरेकी थिइन्।

२०७८ सालमा राजदूतको कार्यकाल सकिएपछि भने राणा पार्टीमा सक्रिय रहिनन्। अहिले फेरि राप्रपा केन्द्रीय सल्लाहकारका रूपमा सक्रिय राजनीतिमा फर्किएकी हुन्। राणासँगै ललितपुरका बद्री सिलवाल, धादिङका गणेशबहादुर अधिकारी र रौतहटका जगदिशलाल श्रीवास्तवलाई पनि केन्द्रीय सल्लाहकार समितिको सदस्यमा मनोनयन गरिएकाे छ।

छोरी आरजु शक्तिशाली परराष्ट्रमन्त्री भएका बखत फरक पार्टीमा प्रतिभाको राजनीतिक पुनरागमन भएको हाे। राप्रपा अहिले संसदको प्रतिपक्षमा छ।

प्रतिभाका बुबाको नाम पनि शेरबहादुर हो। उनका बुबा शेरबहादुर मल्ल नेपाली सेनाका जर्नेल थिए। उनी राजा महेन्द्रका शाही पाश्र्वर्ती (एडीसी)समेत थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...