News Portal

परराष्ट्रमन्त्री राणाकी आमा प्रतिभा राणा राप्रपामा पुन: सक्रिय, लिङ्देनले बनाए राप्रपाको सल्लाहकार

हिमालीसंचार संवाददाता
४४५ पटक

काठमाडौं। सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी सासु एवं परराष्ट्रमन्त्री डा. आरजु राणाकी आमा प्रतिभा राणा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा फेरि सक्रिय बनेकी छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले हिजो उनलाई पार्टीको केन्द्रीय सल्लाहकार समितिमा मनोनयन गरे।

राणा पहिल्यैदेखि राप्रपामा आवद्ध भएर विभिन्न लाभको पदमा समेत पुगेकी थिइन्। उनी जापानका लागि नेपालकी राजदुत भइन्। पछिल्लो समय निस्क्रिय थिइन्।

लामो समय राप्रपा केन्द्रीय सदस्य रहेकी राणा पहिलो संविधानसभामा राप्रपाबाट समानुपातिक सभासद बनेकी थिइन्। उनी विज्ञान तथा प्रविधि राज्यमन्त्रीसमेत बनिन्।

२०७४ सालमा राणा जापानका लागि नेपाली राजदूत नियुक्त भइन्। कमल थापा परराष्ट्रमन्त्री भएका बेला राप्रपाबाट प्रतिभासहित निरञ्जन थापा र भरत रायमाझीलाई राजदूत बनाएका थिए। सरकार परिवर्तनपछि थापा र रायमाझी फिर्ता बोलाइए पनि प्रतिभा भने फर्किनु परेन। देउवाको राजनीतिक आडमा उनले राजदुतको ४ वर्षको पुरै कार्यकाल व्यतित गरेकी थिइन्।

२०७८ सालमा राजदूतको कार्यकाल सकिएपछि भने राणा पार्टीमा सक्रिय रहिनन्। अहिले फेरि राप्रपा केन्द्रीय सल्लाहकारका रूपमा सक्रिय राजनीतिमा फर्किएकी हुन्। राणासँगै ललितपुरका बद्री सिलवाल, धादिङका गणेशबहादुर अधिकारी र रौतहटका जगदिशलाल श्रीवास्तवलाई पनि केन्द्रीय सल्लाहकार समितिको सदस्यमा मनोनयन गरिएकाे छ।

छोरी आरजु शक्तिशाली परराष्ट्रमन्त्री भएका बखत फरक पार्टीमा प्रतिभाको राजनीतिक पुनरागमन भएको हाे। राप्रपा अहिले संसदको प्रतिपक्षमा छ।

प्रतिभाका बुबाको नाम पनि शेरबहादुर हो। उनका बुबा शेरबहादुर मल्ल नेपाली सेनाका जर्नेल थिए। उनी राजा महेन्द्रका शाही पाश्र्वर्ती (एडीसी)समेत थिए।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...