News Portal

कोशी प्रदेशसभा आजबाट सुरु, कांग्रेस सत्ता पक्षमा बस्ने

हिमालीसंचार संवाददाता
२८२ पटक

विराटनगर। कोशी प्रदेश सभाको बैठक आजबाट सुरु हुँदैछ। आर्थिक वर्ष २०८१/२०८२ को बजेट नीति तथा कार्यक्रम पारित गरेपछि स्थगित भएको प्रदेशसभाको बैठक शुक्रवार दिउँसो १ बजेबाट सुरु हुँदैछ।

लामो समयदेखि प्रदेशसभा बस्न नसकेपछि सत्ता पक्षकै प्रदेशसभा सदस्यहरूले विरोध गरेपछि भदौ ४ गते सूचना निकाल्दै भदौ १८ गतेका लागि सभा आव्हान भएको थियो।

सोही दिन अर्को सूचना निकाल्दै प्रदेशसभाले भदौ १४ गतेका लागि प्रदेश सभा बोलाएको थियो। आजको प्रदेश सभामा नेपाली कांग्रेस सत्ता पक्षमा बस्न भएको छ।

नेपाली काँग्रेस कोशी प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले कांग्रेस सत्ता पक्षमा बस्ने बताए। कोशी प्रदेशमा अहिलेसम्म नेपाली काँग्रेस सरकारमा सहभागी भएको छैन।

आन्तरिक भागबन्डा नमिलेका कारण कांग्रेस सरकारमा सहभागी नहुँदा सत्ता पक्षमा बस्ने की प्रतिपक्षमा बस्ने अन्योल हुँदै आएको थियो।

यस अघि नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेशसभाको बैठक अगाडि काँग्रेस कोशी प्रदेश सरकारमा सहभागी हुने बताउँदै आएका थिए।

तामाङले भने सरकारमा सहभागी नभए पनि काँग्रेस सत्ता पक्षमा नै बस्छ। हामीले हिक्मत कार्की नेतृत्वको सरकारलाई समर्थन गरेकाले सत्ता पक्षमा बस्ने बताए।

प्रदेश निजामती सेवा ऐन हतारमा संशोधन गर्न लागेकोमा विरोध !

कार्य व्यवस्था परामर्श समितिको बिहीबार बैठकले प्रदेशको निजामती सेवा ऐनलाई संशोधन सहित पारित गर्ने तयारी गरेको छ।

विवादित बन्दै गएको प्रदेश निजामती सेवा ऐनलाई हतारमा संशोधन सहित पारित गर्नु नहुने सांसदहरूले बताउँदै आएका छन्। निजामती सेवा ऐनमा धेरै समस्या रहेको भन्दै बैठकमा ऐन पटक पटक संशोधन गर्नु भन्दा एकै पटक छलफल गरेर लग्नु पर्ने विषय उठेको थियो।

प्रदेश निजामती सेवा ऐनमा विवाद धेरै भए पनि लेखा समूहका कर्मचारीको मात्रै माग सम्बोधन गर्ने गरी संशोधन गर्न लागिएको भन्दै प्रदेश सभा सदस्यहरूले बताएका छन्। उनीहरूले समितिमा छलफल गरेर मात्रै ऐन संशोधन गर्नु पर्ने अडान राखेका छन्।

राजनीति सहमतिको आधारमा प्रक्रिया अनुसार प्रदेश निजामती सेवा ऐनलाई संशोधन सहित पारित गरिने नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले जानकारी दिए।

प्रदेश निजामती सेवा ऐनमा लेखा समूहका कर्मचारीको आन्दोलनलाई सम्बोधन गर्ने गरी संशोधन गरिएको छ। लेखा समूहको वृत्ति विकास नै रोकिएको भन्दै सो समूहका कर्मचारी लामो समयदेखि आन्दोलित छन्।

आज प्रदेश सभामा पेस हुने प्रदेश निजामती सेवा ऐनलाई सैद्धान्तिक छलफलपछि ७२ घण्टाको संशोधनको समय दिएर १९ गते पारित गर्ने गरी कार्य व्यवस्था समितिमा छलफल भएको नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले बताए।

कर्मचारीहरूको मनोबल उच्च राख्ने गरी ७२ घण्टाको संशोधनलाई समय दिइने र त्यही बेला दलीय सहमतिको आधारमा ऐन संशोधन भएर जाने उनले बताए।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...