News Portal

मालिक मारिएको सडक छेउमा ८० दिनदेखि कुरिरहेको कुकुर, जसले दुनियाँको मन जित्यो !

हिमाली संचार संवाददाता
६७२ पटक

बीबीसी– चीनमा एक कुकुरले ८० दिनदेखि एक व्यस्त सडक छेउमा आफ्नो मालिक कुरिरहेको खबरले त्यहाँको अनलाइन समुदायको मन जितेको छ ।  घटना चीनको भित्री मंगोलियन प्रान्तको होह्होटको एक व्यस्त सडकको हो । उक्त सडक खण्डमा ८० दिनदेखि मालिक कुरिरहेको एक कुकुरको भिडियो फुटेज चीनको चर्चित सामाजिक सञ्जाल सिना वेइबोमा १४ लाख पटक हेरिसकिएको छ ।

चीनको भिडियो वेभसाइट पियरमा बताइएअनुसारमा २१ अगस्टमा आफ्नो मालिक सोही स्थानमा मारिएपछि उ प्रत्येक दिन सडकमा देखिएको छ ।  एक ट्याक्सी ड्राइभरले बताएअनुसार मानिसहरुले कुकुरलाई सहयोग गर्न खोज्दा कुकुर भाग्नेगर्छ ।

‘हामी ड्राइभरहरुले त्यो सानो कुकुरलाई केही न केही खाना दिन्थ्यौं, तर हामी गाडिबाट बाहिर निस्कनासाथ त्यो भाग्थ्यो,’ उनले भने ।  ‘उसको र मालिकको सम्बन्ध एकदम गहिरो थियो । उनी मारिएपछि उनको यो कुकुर सुरक्षा दिएझैं यहाँ उभिइरहेको छ । प्रत्येक दिन म यसलाई सडक छेउमा उभिरहेको देख्छु । मालिक र कुकुरबीचको सम्बन्ध निक्कै साँचो देखिन्छ,’ सोही ड्राइभरले भने ।

सिना वेइबोमा शेयर भएको भिडियो तीन दिनअघि नोभेम्बर १० मा खिचिएको थियो । उक्त वेबसाइटमा प्रयोगकर्ताहरु कुकुरको बफादारिताको तारिफ गरिरहेका छन् ।  एकजनाले लेखेका छन्, ‘यो सानो कुकुर कति धेरै बफादार रहेछ । मेरो परिवारको पनि एक कुकुर थियो । त्यसले हरेक दिन मलाई गाँउको स्कुल छेउमा पर्खिने गथ्र्यो ।’

अर्का प्रयोगकर्ताले यसको सुरक्षालाई लिएर चिन्ता व्यक्त गरेका छन् । उनले लेखेका छन्– ‘त्यसरी सडकको बीचमा उभिनु कुकुरको लागि खतरनाक छ । कुनै असल व्यक्तिले यसलाई पाल्न लगे हुने, त्यसरी पो यो बढी सुरक्षित हुन्थ्यो कि ।’ तर यो कुकुर चीनको समाजिक सञ्जालका प्रयोगकर्ताको मन जित्ने पहिलो कुकुर भने होइन ।

यो वर्षको शुरुमा पियर भिडियो प्रयोगकर्ताहरुमाझ एक बुढो कुकुरको चर्चा भएको थियो । साओङसाओङ नामक उक्त कुकुर आफ्नो मालिक कामबाट घर नआएसम्म एक ट्रेन स्टेसनमा धैर्यतापूर्वक कुरेर बस्थ्यो ।

जापानमा ‘हाचिको द अकिता’ नाम गरेको एक कुकुर आफ्नो बफादारिताको लागि १९२० को दशक चर्चित भएको थियो । हाचिको प्रत्येक दिन कामबाट फर्किएका आफ्नो मालिकलाई रेल स्टेशनमा लिन जान्थ्यो । उसले आफ्नो मालिक मरेको ९ वर्षपछि सम्म उक्त रेल स्टेशन धाइरहेको देखिन्थ्यो ।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...