News Portal

  • युरोपाटिका सम्पादक युवा पत्रकार रेग्मी सम्मानित

    हिमालीसंचार संवाददाता
    ५८० पटक

    कुवेत सिटी, कुवेत। धुन नेपाल कम्पनीद्वारा मलेसियामा DN EXTRAORDINARY INTERNATIONAL AWARDS 2024 कार्यक्रमको आयोजना गरेको छ।

    अवार्ड कार्यक्रममा बिभिन्न बिधामा कार्यरत ब्यक्ति हरुलाइ संस्थाले सम्मानित गरेको छ। सम्मानित हुनेमा युरोपबाट प्रकाशित भैरहेको डिजिटल अनलाइन पत्रिका युरोपाटीका सम्पादक तथा अध्यक्ष पुस्तक रेग्मी पत्रकारिता सम्मानपत्रबाट सम्मानित भएका छन्।

    रेग्मी युरोपाटिका सम्पादक तथा अन्य विभिन्न मिडियामा समेत कलम चलाउछन। रेग्मीले युरोपमा रहेर युरोपमा भएका सत्य तथ्य घटनाका बारेमा लगाएत अन्य बिधामा समेत कलम चलाएको मुल्यांकन गरि सो संस्थाले उनलाइ सम्मानित गरेको बताएको छ।

    बिदेशी भुमिमा रहेर आफ्नो काममा ब्यस्त रहेता पनि समय निकालेर रेग्मी समसामयिक घटनालगायत युरोपमा हुने गरेका सत्यतथ्य बिसयमा उनले कलमको माध्यमबाट आवाज उठाउने गरेका छन।

    रेग्मीले युरोपमा रहेका आवाज बिहिनहरुका आवाजलाई बाहिर ल्याउने प्रयास गरिरहेका हुनाले संस्थाले सम्मानित गरेको उनको भनाइ छ।

    युरोपबाट प्रकाशित युरोपाटीले छोटो समयमा नै धेरै पाठकहरूको मन जित्न सफल भएको छ। युरोपाटी अहिले युरोपमा मात्र नभई विश्वभरका घटनाहरूलाइ समेत उजागर गर्न सफल भएको छ।

    अवार्ड कार्यक्रममा जनसम्पर्क समिति कांग्रेस सभापति चोलाकान्त पङ्गेनी, आर.टी.एफ.सी फुटबल क्लब अध्यक्ष राजु तामाङ, उग्रतारा रेस्टुरेन्ट केलका टेकबहादुर टमोटा र पूर्वमहिला संयोजक गैरआवसीय नेपाली सघ मलेसियाका मिरा गिरी पुरी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

    धुन नेपाल कम्पनीले हरेक बर्स कार्यक्रम गरि विभिन्न संस्थाका योग्य ब्यक्तिहरुलाइ मुल्यांकन गरि संम्मानित गर्दै आएको छ। कुल राज पोखरेलको सञ्चालनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    टीओबीको टिसर्टमा देखिएका पेस्तोलधारी प्रहरीमा उपस्थित, सुटिङको दृश्य भएको दाबी

    काठमाडौ, असोज २६ — सामाजिक सञ्जालमा टीओबी लेखिएको टिसर्ट लगाएर पेस्तोल बोकेको भिडियो सार्वजनिक भएपछि...

    जेन–जी आन्दोलनमा टीओबी सदस्यले पेस्तोल बोकेको दाबी, प्रहरीको अनुसन्धान सुरु

    काठमाडौं, असोज २६ – राजधानीमा जारी जेन–जी आन्दोलनका क्रममा टीओबी समूहका एक सदस्यले पेस्तोल बोकेको...

    ६ घण्टादेखि एमाले सचिवालय बैठक गुण्डुमा जारी

    काठमाडौं, असोज २६ – नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आइतबार बिहानदेखि भक्तपुरको गुण्डुस्थित अध्यक्ष...

    इजरायलमा विपिन जोशीको अवस्था अझै अज्ञात

    काठमाडौं, २६ असोज – इजरायलमा रहेका नेपाली नागरिक विपिन जोशीको हालको अवस्था अझै स्पष्ट छैन।...

    महेश बस्नेतले महावीर पुनको जेनजी सन्देशको समर्थन गरे

    काठमाडौँ, असोज २६ – नेकपा एमालेका स्थायी समिति सदस्य महेश बस्नेतले शिक्षामन्त्री महावीर पुनले जेनजी...