News Portal

मन्त्री पद खोसिएका सोडारी भन्छन् जसले मन्त्री बनाए उसैले फिर्ता बोलाए

हिमाली संचार संवाददाता
५५७ पटक

काठमाडौं– सुदूरपश्चिम प्रदेशका सामाजिक सुरक्षा मन्त्री दीर्घबहादुर सोडारीले पार्टी नेतृत्वले जिम्मेवारीबाट फिर्ता बोलाएकोमा गुनासो नरहेको बताएका छन् ।  उनले रातोपाटीसँगको संक्षिप्त कुराकानीमा भने– ‘पार्टी नेतृत्वले जिम्मेवारी दिए । उहाँले नै जिम्मेवारीबाट फिर्ता बोलाए । यसमा मेरो कुनै गुनासो छैन । नवनियुक्त मन्त्रीलाई खादा ओडाएर आएको छु । प्रदेश सरकारलाई मेरो पूर्ण सहयोग हुन्छ ।’

फिर्ता बोलाउनुको कारण आफूलाई कुनै जानकारी नआएको बताउँदै उनले यसबारे पार्टी नेतृत्वलाईनै थाहा होला भन्ने धारण राखे ।  मुख्यमन्त्री त्रिलोचन भट्टले भने मन्त्री सोडारीको कार्य सम्पादन सन्तोषजनक नभएकाले प्रधानमन्त्री र प्रदेश इन्चार्जजको रोहबरमा जिम्मेवारीबाट फिर्ता बोलाएको रातोपाटीलाई जानकारी दिए ।

उनका अनुसार पद अनुरुपको आचरण नगरेको, पटक–पटक पार्टीको नीतिअनुसार काम गर्न आग्रह गरेपनि मन्त्री सोडारीले बेवास्ता गरेका कारण फिर्ता बोलाइएको हो । मन्त्री सोडारी चढ्ने बा २ झ ३१२५ नम्बरका झण्डावाला गाडीमा अरुनै व्यक्ति सवार रहेका बेला गौरीगंगा नगरपालिकाको बडैपुरमा मोटरसाइकललाई ठक्कर दिँदा ३ जना घाइते भएका थिए ।

सोडारी मन्त्री बने देखिनै विभिन्न विवादमा पर्दै आएका थिए । तत्कालीन नेकपा एमालेका कैलाली जिल्ला अध्यक्ष सोडारी कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ को (ख) बाट विजयी सांसद हुन् । उनी माधवकुमार नेपाल निकट मानिन्छन् ।

प्रतिकृया दिनुहोस्

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...