News Portal

मन्त्री पद खोसिएका सोडारी भन्छन् जसले मन्त्री बनाए उसैले फिर्ता बोलाए

हिमाली संचार संवाददाता
६१७ पटक

काठमाडौं– सुदूरपश्चिम प्रदेशका सामाजिक सुरक्षा मन्त्री दीर्घबहादुर सोडारीले पार्टी नेतृत्वले जिम्मेवारीबाट फिर्ता बोलाएकोमा गुनासो नरहेको बताएका छन् ।  उनले रातोपाटीसँगको संक्षिप्त कुराकानीमा भने– ‘पार्टी नेतृत्वले जिम्मेवारी दिए । उहाँले नै जिम्मेवारीबाट फिर्ता बोलाए । यसमा मेरो कुनै गुनासो छैन । नवनियुक्त मन्त्रीलाई खादा ओडाएर आएको छु । प्रदेश सरकारलाई मेरो पूर्ण सहयोग हुन्छ ।’

फिर्ता बोलाउनुको कारण आफूलाई कुनै जानकारी नआएको बताउँदै उनले यसबारे पार्टी नेतृत्वलाईनै थाहा होला भन्ने धारण राखे ।  मुख्यमन्त्री त्रिलोचन भट्टले भने मन्त्री सोडारीको कार्य सम्पादन सन्तोषजनक नभएकाले प्रधानमन्त्री र प्रदेश इन्चार्जजको रोहबरमा जिम्मेवारीबाट फिर्ता बोलाएको रातोपाटीलाई जानकारी दिए ।

उनका अनुसार पद अनुरुपको आचरण नगरेको, पटक–पटक पार्टीको नीतिअनुसार काम गर्न आग्रह गरेपनि मन्त्री सोडारीले बेवास्ता गरेका कारण फिर्ता बोलाइएको हो । मन्त्री सोडारी चढ्ने बा २ झ ३१२५ नम्बरका झण्डावाला गाडीमा अरुनै व्यक्ति सवार रहेका बेला गौरीगंगा नगरपालिकाको बडैपुरमा मोटरसाइकललाई ठक्कर दिँदा ३ जना घाइते भएका थिए ।

सोडारी मन्त्री बने देखिनै विभिन्न विवादमा पर्दै आएका थिए । तत्कालीन नेकपा एमालेका कैलाली जिल्ला अध्यक्ष सोडारी कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ को (ख) बाट विजयी सांसद हुन् । उनी माधवकुमार नेपाल निकट मानिन्छन् ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...