News Portal

कबिता – ‘घुमायो समयले’

हिमालीसंचार संवाददाता
६११ पटक

धनको अभाबले झटारो हान्दा
जिन्दगीलाइ समयले फनफन्ति घुमायो,
बचपनमा देखिएका क्षितिजका सप्नहरु
टिप्न खोज्दा समयले फनफन्ति घुमायो !!

हिजो देखिएका सप्नहरु सप्न नै रछन्
साकार पार्ने हजार बल गर्दा पनि,
रगत र जवानी बेच्दा पनि मुल्य पुगेन
तेसैले समयले फनफन्ति घुमायो !!

हिजो संसार स्वर्ग देख्ने यी नजरहरुमा
आज स्वार्थै स्वार्थको जालो देखिन्छ,
भेट्छु भनि हिडेको म पनि सुख
तर समयले फनफन्ति घुमायो !!

किताबका पन्ना रहेछ जिन्दगी
हर पेजमा हर पाठ झैं बदल्लि जाने,
खोज्दै पल्टाए पन्नाहरू सुखको
भेटिन र त समयले फनफन्ति घुमायो !!

जिन्दगी बल्ल बुझे बदलिने ऋतु रछ
हर ऋतुमा हर मौसम बदली जाने,
मत उहि ऋतु खोजिरहे जो म संग थ्यो
रत समयले फनफन्ति घुमायो !!!

– तपीकुमार सिंह ठकुरी

प्रतिकृया दिनुहोस्

रास्वपा–उज्यालो नेपाल एकता टुंगियो, कुलमान–रवि–बालेन छलफल असफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षित दल उज्यालो नेपाल पार्टीबीचको एकता...

अवैधानिक रुट, दलालको जालो र राज्यको मौनताले महिला असुरक्षित

कुवेत– पछिल्लो समय कुवेतमा नेपाली घरेलु कामदारहरूको समस्या गम्भीर बन्दै गएको छ। समस्या समाधानतर्फ नेपाल...

कुवेतमा तमू ल्होसार भव्य रूपमा सम्पन्न, सर्प वर्गको विदाई गर्दै घोडा वर्गको स्वागत

कुवेत– तमू समुदायको महान पर्व तमू ल्होसार कुवेतमा भव्य रूपमा मनाइएको छ। जनवरी ९ तारिखका...

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...