News Portal

कबिता – ‘घुमायो समयले’

हिमालीसंचार संवाददाता
६६० पटक

धनको अभाबले झटारो हान्दा
जिन्दगीलाइ समयले फनफन्ति घुमायो,
बचपनमा देखिएका क्षितिजका सप्नहरु
टिप्न खोज्दा समयले फनफन्ति घुमायो !!

हिजो देखिएका सप्नहरु सप्न नै रछन्
साकार पार्ने हजार बल गर्दा पनि,
रगत र जवानी बेच्दा पनि मुल्य पुगेन
तेसैले समयले फनफन्ति घुमायो !!

हिजो संसार स्वर्ग देख्ने यी नजरहरुमा
आज स्वार्थै स्वार्थको जालो देखिन्छ,
भेट्छु भनि हिडेको म पनि सुख
तर समयले फनफन्ति घुमायो !!

किताबका पन्ना रहेछ जिन्दगी
हर पेजमा हर पाठ झैं बदल्लि जाने,
खोज्दै पल्टाए पन्नाहरू सुखको
भेटिन र त समयले फनफन्ति घुमायो !!

जिन्दगी बल्ल बुझे बदलिने ऋतु रछ
हर ऋतुमा हर मौसम बदली जाने,
मत उहि ऋतु खोजिरहे जो म संग थ्यो
रत समयले फनफन्ति घुमायो !!!

– तपीकुमार सिंह ठकुरी

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...