News Portal

अभिनेत्री आशा शर्माको ८८ वर्षको उमेरमा निधन

समिर कुमार अधिकारी (द्रुपद) ,धादिङ
२३३ पटक

काठमाडौं -८८ वर्षीया अभिनेत्री आशा शर्माको निधन भएको छ । सिने एण्ड टिभी कलाकार संघले आफ्नो एक्स ह्यान्डलमा पोस्ट गर्दै यो जानकारी दिएको हो । यद्यपि अभिनेत्रीको मृत्युको वास्तविक कारण भने खुलेको छैन ।

आशा शर्माले धेरै टिभी शो र फिल्ममा काम गरिसकेकी छिन् । उनी सन् २०२३ मा आएको फिल्म आदिपुरुषमा शबरीको भूमिकामा देखिएकी थिइन् ।

संघले आइतबार दिउँसो ३ः०१ बजे आफ्नो एक्स ह्याण्डलमा ट्वीट गर्दै आशा शर्माको निधनको जानकारी दिएको थियो । संघले नायिकाको निधनप्रति समवेदना पनि व्यक्त गरेका छन् ।

आशा शर्माले १३ वर्षको उमेरमा आफ्नो अभिनय करियर सुरु गरेकी थिइन् । उनी फिल्म र टिभी कार्यक्रमहरूमा आमा र हजुरआमाको भूमिका खेल्नका लागि परिचित थिइन् । उनले धर्मेन्द्र र हेमा मालिनीको फिल्म ‘दो दिशा’मा पनि काम गरेकी थिइन् । फिल्ममा प्रेम चोपडा, अरुणा इरानी र निरुपा रोय जस्ता कलाकारहरू पनि थिए।
यस बाहेक आशा शर्माले मुझे कुछ कहना है, प्यार तो होना ही था र हम तुम्हारे है सनम जस्ता फिल्ममा पनि देखिएकी थिइन् ।

आशा शर्मालाई दर्शकले सानो पर्दामा धेरै देखेका छन् । उनले मनकी आवाज प्रतिज्ञा, कुमकुम भाग्य जस्ता टिभी शोमा काम गरिसकेकी छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...