News Portal

‘सम्झना’

हिमालीसंचार संवाददाता
६४३ पटक

चिरबिर चिरबिर चरिको

साँझ हुन्थ्यो…!

सुन्दरताको रंगिन कलाको

माँझ हुन्थ्यो…!!

आज सुन्याँ लाग्छ यो ठाउँ

सपना जस्तै…!

समयको कहर रछ नसकिने

बदल्न कस्तै…!!

 

गाउँथे चरिबरि नाच्दै रम्दै

उड्दै वरिपरि…!

झस्कन्छु यहि बाटो मोटर

गुड्दै घरिघरि…!!

 

बित्यो सैशबकाल रम्दै

यस्को छातिमा…!

जिस्क्याउँथे झ्याउँकिरि

वरिपरि रातिमा…!!

 

बिसाउथे भारी थकित

भरिया छाँयामा…!

ठट्टिदै तरुण मस्किन्थे

बैसालु मायामा…!!

 

आज यो कथा बन्यो

बाँचुन्जेल तर्साउँने…!

पात सुके हाँगा कुहिए

केवल याद बर्साउँने…!!

– तपिकुमार सिंह ठकुरी

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...