
इरान। पाकिस्तानी तीर्थालुहरु बोकेको एक बस इरानमा पल्टिदा २८ जनाको ज्यान गएको छ।
बेलायती विश्व च्यानल बीबीसीका अनुसार मङ्गलवार इरानको मध्य भागको प्रान्त यात्जमा दुर्घटना हुनुको कारण ब्रेक प्रणालीको खराबी भएको बताइएको छ।
इरानी सरकारी मिडियाहरूलाई साभार गरेर बीबीसीले उल्लेख गरे अनुसार दुर्घटनामा २३ जना घाइते भएका छन्।
शिया मुसलमानहरूले मनाउने प्रमुख चाडको लागि इराकमा भएको धार्मिक धाम कार्बलामा जाने क्रममा त्यस्तो दुर्घटना भएको बताइएको छ।
इरानमा सवारी दुर्घटनाबाट ज्यान जानेको संख्या धेरै भएको बताउँदै वर्षमा औसत २० हजार जनाको ज्यान जाने उल्लेख गरेको छ।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
