News Portal

स्वर्गीय सन्तोष बानियाँको सृजनामा “चोट” सार्बजनिक (भिडियो सहित)

हिमाली संचार संवाददाता
६३९ पटक

काठमाडौँ :  नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा निरन्तरता दिंदै एकपछि अर्को गर्दै विभिन्न किसिमका सांगीतिक कोसेली बजारमा पस्कने क्रममा फेरी अर्को बिल्कुलै नौलो सांगीतिक कोसेली’ माया प्रेमका भाब समेटिएको कारुणिक गीत “चोट” बजारमा आएको छ । यस गीतमा बिगत निकै लामो समय यता संचार क्षेत्रमा क्रियासिल एवं लोक प्रिय सर्जक साहस भट्टको लय रहेको छ । उनले यस अगी पनि व्यथा निकै छ, सानु तिम्रै नाम छ, मुटुको घाउ, जामाना नि के आयो लगाएतका थुप्रै गीतहरुमा आफ्नो सिर्जना सजाएर बजारमा पठाइसकेका छन् ।

त्यसै गरी “चोट” बोलको गीतमा नेपाली लोक तथा दोहोरी गीत संगीतमा नै आफ्नो जिबन समर्पण गरेका सर्जन सन्तोष बानियाँले यस गीतमा शब्द भरेका छन् । सर्जक सन्तोषको केहि महिना अगाडी मलेसियामा रहंदा निधन भैसकेको छ । तसर्थ उनको सृजनाले सजिएको यो गीत नै सायद अन्तिम सिर्जना हुन सक्दछ ।

स्वर्गीय सन्तोषले बिभिन्न गीत संगीतमा आफ्नो सिर्जना सजाउनु मात्र होइन केहि गीतमा स्वर पनि भरिसकेका छन् । कुलेंद्र बिस्वकर्मा र सिमा चन्द द्वारा स्वर बद्ध यस गीतको म्युजिक भिडियोमा आश लाग्दा नव मोडल बिस्व राईले अत्यन्त लोभ लाग्दो अभिनय गरेका छन् । साथमा सारिका के.सी को पनि निकै मन छुने अभिनय यस गीतको म्युजिक भिडियोमा देख्न सकिन्छ ।

बिक्रम चौहान द्वारा निर्देशित भिडियोलाई छायांकन प्रकाश खड्काले गरेका हुन् भने सम्पादन राजेश कुमारले गरेका छन् । हामो यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा यस गीतको पूर्ण सफलताको शुभकामान ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।
https://youtu.be/cUbrs89mr00

प्रतिकृया दिनुहोस्

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...

रवि लामिछानेविरुद्धको अभियोग संशोधन प्रकरण : सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं, फागुन २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सँग सम्बन्धित अभियोग संशोधन प्रकरण...