News Portal

  • यूएनडिओको संगठन निर्माणकाे सदस्यता खुला, एनआरएनए बिसर्जजोन्मुख

    हिमालीसंचार संवाददाता
    ४३८ पटक

    कुवेत सिटी, कुवेत। युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन-यूएनडिओ United Nepali Diaspora Organization (UNDO) सँस्थाको संगठन निर्माण र सदस्यता खुला गरिएको छ।

    गत वर्ष जुलाई ३०, २०२३ आइतबारका दिन नेपालको सर्बोच्च अदालतले नेपाल सरकारको परराष्ट्र मन्त्रालयलाई United Nepali Diaspora Organization (UNDO) युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन-यूएनडिओ नामको सँस्था दर्ता गर्न दिएको निवेदन अनुसार दर्ता स्वीकृत गर्नु भन्ने आदेश दिएको थियो।

    बिगत लामो समयदेखि एनआरएनहरुको परिभाषा र कार्यक्षेत्र लगायतका बिषयमा बहस हुँदै आएको नै हो। खासगरी २०१७ अक्टुवरदेखि गैरआवासी नेपाली संघ (एनआरएनए)लाई नेतृत्वले सहि रुपमा लैजान नसकेको, संघ र आम एनआरएनहरुको मुद्धालाइ भन्दा व्यक्तिगत फाइदाका कुरा लिएर गएको लगायतका बिषयमा छफफलपछि विकल्पमा बिशुद्ध संस्था हुनुपर्ने निष्कर्ष निकालिएको थियो।

    त्यसपछि सो बिषयमा कानुनका बिज्ञहरु समेतको परामर्श लिने काम भयो। त्यसैको फलस्वरुप मार्च २०२२ मा काठमाण्डौमा गैरआवासीय नेपाली संघका अग्रज, वर्तमान रुपमा लागि परेका एनआरएनहरुको छलफलले यूएनडिओ नामको सँस्था स्थापना गर्नुपर्ने निष्कर्षमा पुर्याएको थियो।

    नेपालको गैरआवासीय नेपाली सम्बन्धी ऐनको दफा १६ मा “गैरआवासीय नेपालीहरुबीच पारस्परिक सहयोग तथा सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले गैरआवासीय नेपालीहरुले नेपालभित्र गैरआवासीय नेपाली संघ खोल्न पाउनेछन्” भन्ने व्यवस्था छ।

    गैरआवासीय नेपाली सम्बन्धी नियमावली २०६६ मा गैरआवासीय नेपालीहरुको यस्ता खाले संघ दर्ता गर्न चाहनेले कम्तीमा २५ मुलुकका ५० जना गैरआवासीय नेपालीले निवेदन दिनुपर्ने उल्लेख छ। ऐनको यही व्यवस्था बमोजिम हाल गैरआवासीय नेपाली संघ दर्ता भएको हो। तर यसमा चरम विवाद, स्वार्थ र घृणित खेल समेत भएका छन।

    त्यसैको फलस्वरुप एनआरएनए बिसर्जोन्मुख भएको छ। संघको खातामा रहेको केहि दर्जन करोडको माथि सबैको आँखा परेको छ त्यसको टाट-उल्टाईपछि सँस्थाको इतिश्राद्वम्  हुनेछ। अब तेतातिर समय खेर फाल्नु धेरै बुद्धिमानी हुनेवालाई छन्। तर पनि मुख्य कुरा चाहिं करिव-करिव एक दर्जन थप मुद्धाहरु सार्वोच्च अदातलमा दर्ता हुने तयारीमा छन्।

    गैरआवासीय नेपाली संघका पूर्वउपाध्यक्ष सोनाम लामाको अध्यक्षतामा United Nepali Diaspora Organization (UNDO) सँस्थाको स्थापना गरिएको थियो। यसमा वास्तविक गैरआवासीय नेपालीहरुको संलग्नता हुने बैधानिक ब्यबस्था छ। सँस्था के र किन प्रष्ट रुपमा भनिएको छ। यसका योजना निर्दिष्ट छन् र काम पारदर्शी हुनेछन भन्दै संस्थाले बिज्ञप्तिमा नै उल्लेख गरेको छ।

    बिज्ञप्तिको हेर्न यहाँ क्लिक गर्नुहोस्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार १९ गतेको राशिफल

    आज असार १९, २०८२ (जुलाई ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एनसीसी फुटाउने बद्रि केसी समूहको प्रयासको चौतर्फी आलोचना, एकताबद्ध रहन जोड

    काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)का पदाधिकारी तथा अभियन्ताहरुले बद्री केसी समूहले मिलेर बसेका एनआरएनए एनसीसीहरुलाई...

    ब्यबस्था धान्नेहरुको कु-कृत्य – कमला थापा

    २०८२ असार १८ गते। नेपालमा ब्यबस्था बारम्बार परिवर्तन भयो तर ब्यबस्था धान्नेहरुको कु-कृत्य कहिले परिवर्तन...

    बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलनामा ६ महिनाको जेल

    बंगलादेश, असार १८ – बंगलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको आरोपमा ६ महिनाको...

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवा–सुविधा फिर्ता, आजैदेखि कार्यान्वयनमा

    काठमाडौं, असार १८ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई उपलब्ध गराइएको सबै सरकारी सेवा तथा सुविधा...