News Portal

गजल

हिमाली संचार संवाददाता
११५३ पटक

खगेन्द्र गिरि “कोपिला”

प्रेमिल संकेतको आदानप्रदान, आँखाबाटै गरौं
अदलाबदली यो मुस्कान, आँखाबाटै गरौं

यदि अनुभूतिमैं सम्झना अडिन्छ भने
सबै खुशीहरुको रसपान, आँखाबाटै गरौं

तिमिले र मैले हामीलाई मन पराउने
सारा कारणहरुको बखान, आँखाबाटै गरौं

सम्बन्धको गहिराई नाप्न नसके पनि
प्रेम सौगातहरुको पहिचान, आँखाबाटै गरौं

हाम्रा अभिलाषालाई सधैं जीवन्त राख्न
आऊ हामी आफ्नै बलिदान, आँखाबाटै गरौं ।।

नेपालगन्ज, बाँके।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...