News Portal

गजल

हिमाली संचार संवाददाता
११९३ पटक

खगेन्द्र गिरि “कोपिला”

प्रेमिल संकेतको आदानप्रदान, आँखाबाटै गरौं
अदलाबदली यो मुस्कान, आँखाबाटै गरौं

यदि अनुभूतिमैं सम्झना अडिन्छ भने
सबै खुशीहरुको रसपान, आँखाबाटै गरौं

तिमिले र मैले हामीलाई मन पराउने
सारा कारणहरुको बखान, आँखाबाटै गरौं

सम्बन्धको गहिराई नाप्न नसके पनि
प्रेम सौगातहरुको पहिचान, आँखाबाटै गरौं

हाम्रा अभिलाषालाई सधैं जीवन्त राख्न
आऊ हामी आफ्नै बलिदान, आँखाबाटै गरौं ।।

नेपालगन्ज, बाँके।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईकाे जेसिवी ग्यारेजमा सम्धित निकाय माैन!

रबिन्द्र बराल– मोरङको रतुवामाई  नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको...

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...