News Portal

जीबी राईमाथि अनुसन्धान गर्न प्रहरीलाई मलेसिया पठाउने तयारी

हिमालीसंचार संवाददाता
३७७ पटक

काठमाडौँ। सहकारी ठगीमा फरार गितेन्द्रबाबु राई (जीबी) राईमाथि अनुसन्धान गर्न नेपाल प्रहरीको एक टीमलाई मलेसिया पठाउने तयारी गरिएको छ।

मलेसियामा रहेका राईलाई नेपाल फिर्ता ल्याउन नसकिएपछि नेपाल प्रहरीले दुई सदस्य प्रहरीको अनुसन्धान टोलीलाई मलेसिया पठाउन गृह मन्त्रालयमार्फत पहल थालिएको हो।

त्यसका लागि गृहमन्त्रालयले कुटनीतिक पहल थालेको छ। गृहले परराष्ट्र मन्त्रालयमार्फत नेपालको प्रहरी टोलीलाई मलेसियामा गएर अनुसन्धान गर्न त्यहाँको सरकारसँग पहल गर्नुपर्ने छ।

राईविरुद्ध यसअघि इन्टर पोलबाट रेड कर्नर नोटिस जारी भएपनि नेपाल सरकारले उनलाई फिर्ता ल्याउन सकेको छैन। प्रहरी प्रधान कार्यालयले अनुसन्धान टोलीलाई मलेसिया पठाएर अनुसन्धान गर्न तीन महिनाअघि नै पहल गरेको थियो।

तर, सरकार परिवर्तनले यो प्रकृया बीचमै रोकियो। केपी ओली सरकार आएपछि प्रहरी प्रधान कार्यालयले गृहमार्फत पुनस् पहल गरेको हो।

नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवरले तीन महिनाअगाडिकै कुरा अहिले अगाडि बढेको बताए।

‘हामीले तीन महिनाअघि पत्राचार गरेका थियौँ। त्यो अहिले अगाडि बढेको हो’, उनले भने।

राई मलेसियामा व्यवस्थितरूपमा बसिरहेको निष्कर्ष नेपाल प्रहरीको छ। मलेसिया सरकारले राईलाई नेपाललाई बुझाउन मानेको छैन।

राई सुदर्शन सहकारीका सञ्चालक हुन्। ग्यालेक्सी टीभी सञ्चालक रहेको गोर्खा मिडियाको पनि अध्यक्ष उनी हुन्।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...