News Portal

एनआरएनकाे सार्वोच्चको फैसला

एनआरएन हैसियत समाप्त भएको २०१५ पहिला नै मतदान गर्न छोडेका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोको हैसियत केवल आमन्त्रित मात्र हो, मताधिकारको होइन। अन्यथा उनले आफू अध्यावधिक एनआरएन भएको प्रमाणित गर्नुपर्छ।

कृष्ण केसी
४९५ पटक

काठमाण्डौ। गैरआवासीय नेपाली संघ (एनआरएनए) को होटल याक एण्ड यतिमा सम्पन्न १० औं महाधिवेशनलाइ आधिकारिकता पाउनुपर्ने निवेदको विनोद कुँवर पक्षले दिएको निवेदनको फैसला भएको पूर्णप्रति आएको छ।

यो फैसला आएसंगै एनआरएनएलाइ कब्जामा लिएर व्यक्तिगत रुपमा फाइदा लिने रसियन माफियाहरुको कालखण्ड पनि समाप्त भएको छ। अबको कालखण्ड भनेको वास्तविक रुपमा एनआरएनहरुको सुरुवातको हुनेछ।

यति मात्र होइन यो फैसलाको प्रति आएसँगै रसियन माफियाहरुको भने मुटुले ढ्यांग्रो ठोक्न थालेको छ। उनीहरुको लागि यो जीवन मरणको कुरा हो भने आम एनआरएनको लागि भने यो केवल विधिवत रुपमा हुने महाधिवेशन हो।

अदालतको फैसला सबैले मानुपर्छ तर एउटा प्रश्न भने उठेको छ। एनआरएन हैसियत समाप्त भएको २०१५ पहिला नै मतदान गर्न छोडेका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोको हैसियत केवल आमन्त्रित मात्र हो, मताधिकारको होइन। अन्यथा उनले आफू अध्यावधिक एनआरएन भएको प्रमाणित गर्नुपर्छ। फैसला अनुसार मुख्यगरी ३ कुरा रहेका छन्।

१) अब हुने १० औं महाधिवेशनको कार्यविधि र नियमावली बनाउन पाउने। यसको अर्थ प्रतिनिधि, निर्वाचन प्रणालीको नयाँ ब्याख्या हुने।

२) राष्ट्रिय स्तरबाट आउने प्रतिनिधि या राष्ट्रिय महाधिवेशनका कुरा अब झन् सहज भएको छ। नयाँ बनेको कार्यविधि-नियमावली अनुसार निर्देशन गर्ने।

३) फेब्रवरी २०२५ भित्रमा १० औं महाधिवेशन सम्पन्न हुने।

फैसलाको पूर्णप्रतिमा थपिएर आउनुपर्नेमा एउटा कुरा घटेर आएछ। पहिला समितिको पहिलो बैठक बसेको ६ महिना भित्रमा महाधिवेशन सम्पन्न गर्ने थियो। अहिले फैसलाको ३० दिनभित्रमा बैठक बस्ने र त्यसको ६ महिना भित्रमा महाधिवेशन पनि सपन्न गर्ने।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...