News Portal

यूएईका नेपालीमा रक्सी खाएर झगडा गर्ने प्रवृत्ति बढेपछि दूतावासकाे सूचना

हिमालीसंचार संवाददाता
४५९ पटक

फाईल तस्बिर।

अबुधाबी। संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका नेपालीहरूमा मादक पदार्थ पिएर झैझगडा गर्ने प्रवृत्ति बढेको भन्दै त्यहाँस्थित नेपाली दूतावासले सूचना जारी गरी सचेत गराएको छ।

सूचनामार्फत दूतावासले नेपालीहरूलाई आफू बस्ने र काम गर्ने ठाउँमा सभ्य व्यवहार प्रदर्शन गर्न अनुरोध गरेको छ।

‘हालका दिनमा नेपालीहरूले मादक पदार्थ सेवन गरी झैझगडा गर्ने प्रवृत्ति बढेको जानकारी यहाँको सम्बन्धित निकायबाट प्राप्त हुन आएको हुँदा यसतर्फ सचेत रहन सम्बन्धित सबैमा जानकारी गराइन्छ’, सूचनामा भनिएको छ, ‘संयुक्त अरब इमिरेट्समा रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू नेपालका सद्‌भावना राजदूतका रूपमा रहेको हुँदा आफू रहे/बसेको र कार्य गर्ने स्थलमा सभ्य व्यवहार प्रदर्शन गर्न नेपाली राजदूतावास हार्दिक अनुरोध गर्दछ।’

यस्तै दूतावासले आफ्नो कार्यालय परिसर बाहिर पनि मादक पदार्थ खाएर वा नखाई हुलहुज्जत गर्ने, अराजक व्यवहार प्रदर्शन गर्ने, दूतावासको सुरक्षामा तैनाथ सुरक्षाकर्मीलाई अपशब्द प्रयोग गरी गाली गर्ने गरेको पाइएको भनी कारबाही हुने चेतावनी पनि दिएको छ।

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...