News Portal

लेबनानमा रहेका नेपालीलाई सतर्कता अपनाउन दूतावासको आग्रह

हिमालीसंचार संवाददाता
४२२ पटक

लेबनान। इजरायलको आक्रमणमा इरानमा हमास प्रमुख इस्माइल हनिया तथा लेबनानमा हिजबुल्लाहका कमान्डर फुआद सुकर मारिएपछि मध्यपूर्वमा हिंसा चर्किने खतरा बढेको छ।

यसैबीच इजिप्टको कायरोस्थित नेपाली दूतावासले लेबनानमा रहेका नेपालीलाई सतर्कता अपनाउन सुझाव दिएको छ।

लेबनानसमेत हेर्ने इजिप्टको कायरोस्थित नेपाली दूतावासले सूचना जारी गर्दै भनेको छ, ‘लेबनानमा विकसित घटनाक्रमका सन्दर्भमा उक्त मुलुकमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई आवश्यक सतर्कता तथा सचेतना अपनाउन एवम् सहायताका लागि नेपाली राजदूतावास कायरो तथा बेरुतस्थित अवैतनिक नेपाली वाणिज्यदूतावासका देहायानुसारको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध छ।’

लेबनानमा रहेका नेपालीको सूची अद्यावधिक गर्ने प्रयोजनका निम्ति दूतावासको वेबसाइटमा रहेको लिंकमार्फत आवश्यक विवरण उपलब्ध गराइदिन पनि दूतावासले आग्रह गरेको छ।

कायरोमा सम्पर्कका लागि–

इमेल : [email protected]

सम्पर्क व्यक्ति : दीपक घिमिरे – द्वितीय सचिव
फोन नम्बर : +201097772348 (ह्वाट्सएप)

माधवराज काफ्ले – तृतीय सचिव
फोन नम्बर : +201002505997 (ह्वाट्सएप)

बेरुतमा सम्पर्कका निम्ति–

इमेल : [email protected]
मोहम्मद गोजायल, अवैतनिक महावाणिज्यदूत
फोन नम्बर : +9613301181/+96171688821/+96181883713

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...