News Portal

  • राष्ट्रपतिमा कमला ह्यारिसलाई ओबामाको समर्थन

    हिमालीसंचार संवाददाता
    ३३३ पटक

    एजेन्सी। अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले उपराष्ट्रपति कमला ह्यारिसलाई डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवारको रूपमा समर्थन गरेका छन्।

    राष्ट्रपति जो बाइडेनले आगामी चुनावमा राष्ट्रपतिको प्रतिस्पर्धाबाट पछि हट्दै ह्यारिसलाई अगाडि सारे पनि ओबामाले यसबारे कुनै प्रतिक्रिया दिएका थिएनन्।

    पूर्वराष्ट्रपति ओबामा र पूर्व प्रथम महिला मिशेल ओबामाले संयुक्त वक्तव्यमा अहिलेको संकटपूर्ण समयमा ह्यारिसको दूरदृष्टि, चरित्र र शक्तिको माग भइरहेको विश्वास व्यक्त गरेका छन्।

    गत आइतबार राष्ट्रपति बाइडेनले आफू दौडबाट बाहिरिने घोषणा गरेपछि ओबामाले बाइडेनले दिएको निकासको प्रशंसा गरे पनि ह्यारिसलाई समर्थन गरेका थिएनन्।

    ओबामाको समर्थनसँगै ह्यारिस अगस्टमा हुने पार्टीको आन्तरिक प्रतिस्पर्धाबाट राष्ट्रपतिको आधिकारिक उम्मेदवार बन्ने सम्भावना थप बलियो भएको छ।

    बीबीसीका अनुसार ओबामाले शुक्रबार ह्यारिसलाई समर्थन गर्दा उत्साहित रहेको र चुनावमा निर्वाचित गराउन सक्दो भूमिका खेल्ने बताएका छन्।

    ‘हामी राष्ट्रपति बाइडेनसँग सहमत छौं’ ओबामा दम्पत्तिले भनेका छन्, ‘ह्यारिसलाई छनौट गर्नु बाइडेनका सबैभन्दा राम्रो निर्णयहरूमध्ये एक थियो। यो पुष्टि गर्न उनीसँग राम्रो क्षमता र अनुभव छ।’

    ओबामा दम्पत्तिले ह्यारिसको क्यालिफोर्नियाका महान्यायाधिवक्ता, अमेरिकी सिनेटर र त्यसपछि उपराष्ट्रपतिको रूपमा गरेको काम सम्झँदै भने, ‘तर ह्यारिससँग अनुभव र पृष्ठभूमिभन्दा बढी दूरदृष्टि, चरित्र र सामर्थ्य छ जुन अहिलेको महत्वपूर्ण समयले माग गर्दछ।’

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २१ गतेको राशिफल

    आज भदौ २०, २०८२ (सेप्टेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    रास्वपाको पत्राचार : मेटा र युट्युबसँग दर्ता प्रक्रियाबारे जिज्ञासा

    काठमाडौं, भदौ २० – सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेलगत्तै राष्ट्रिय स्वतन्त्र...

    फेसबुकपछि ट्विटर (एक्स) पनि नेपाल सरकारसँग सूचीकरणका लागि सम्पर्कमा

    काठमाडौं, भदौ  २० – फेसबुकको सूचीकरण पछि ट्विटर (एक्स) पनि नेपाल सरकारसँग आफ्नो प्लेटफर्म सूचीमा...

    ओलीको राजनीतिक प्रतिवेदन : अन्य दलहरूलाई कसरी हेर्छन् एमाले अध्यक्ष

    काठमाडौँ, भदौ २० – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दोस्रो विधान महाधिवेशनमा पेश...

    हाम्रो पात्रोलाई सामाजिक सञ्जालसँगै बन्द गर्ने सरकारी निर्णय विवादित

    काठमाडौं, भदौ २० – सरकारले दर्ता नभएका भन्दै सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा लोकप्रिय एप...