News Portal

नोबेलको शिविरबाट लक्ष्मीमार्गका ४ सय बिरामी लाभान्वित

हिमाली संचार संवाददाता
७०० पटक

रबिन्द्र बराल : मोरङको बेलवारी–११ लक्ष्मीमार्गमा नोबेल शिक्षण अस्पतालले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय भन्दा बढी बिरामी लाभान्वित भएका छन् । लक्ष्मीमार्ग स्थित लक्ष्मी माध्यमिक बिद्यालयमा १ दिने स्वास्थ्य शिविर सञ्चालन गरी ४ सय ४३ जना बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ ।

उपचारका लागि गाउँ–गाउँबाट बिरामीहरु शिविरमा आएका थिए । शिविरमा ८९ जनाको भिडियो एक्सरे, २३ जनाको ईसीजी र १०६ जनाको ल्यावटेष्ट गर्नुका साथै शिविरमा उपचार हुन नसकेका ३० जनालाई नोबेल अस्पताल रिफर गरिएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले बताए । ‘शिविरमा हाडजोर्नी, आँखा र छाला सम्बन्धि समस्याका बिरामीले बढी संख्यामा उपचार सेवा लिनुभयो उनले भने ।

नोबेल शिक्षण अस्पतालले ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई निःशुल्क स्वास्थ्य उपचार सेवा उपलब्ध गराउँने उद्धेश्यले नियमित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । नोबेल अस्पताल सञ्चालक डा.शर्माले अवलम्वन गरेको बिपन्न बिरामीलाई निःशुल्क र सहुलियत उपचार सेवा उपलब्ध गराउँने नीति अनरुप नोबेल अस्पतालले नियमित शिविर सञ्चालन गर्दै आएको हो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...