News Portal

नेपाल आदिवासी जनजाती महासंघ कुवेतद्वारा ‘विश्व आदिवासी दिवस अगष्ट ९ मनाउने

हिमालीसंचार संवाददाता
२७५ पटक

कुवेत– नेपाल आदिवासी जनजाती महासंघ कुवेत शाखा द्वारा यही अगष्ट ९ तारिख शुक्रबार कुवेतको खेतान स्थित राजधानी प्यालेसमा ‘विश्व आदिवासी दिवस २०२४ कार्यक्रम सम्पन्न गर्ने भएको छ। संयुक्त राष्ट्र संघद्वारा पारीत अगष्ट ९ लाई विश्वभरिका आदिवासी जनजातिहरूले आदिवासी दिवस रुपमा मनाउने गर्दछ।

नेपाल आदिवासी जनजाती महासंघ कुवेत शाखा द्वारा आफु मातहतमा रहेका कुवेतमा कृयाशिल जातिय सस्थाहरुलाई समेटी सोही ‘अगष्ट ९’ तारिख आदिवासी जनजाती समुदायको मौलिक जातिय झाकी, शुभकामना आदान प्रदान एवं मौलिक लोक सास्कृतिक प्रस्तुतीका साथ कार्यक्रम आयोजना गरिएको स्रोतले जनाएको छ साथै उक्त दिन अन्य कार्यक्रम नजुधाई सहयोग गरी दिन सम्पूर्ण नेपाली समुदायलाई यसै मार्फत अनुरोध गरिएको छ ।

विश्वभर छरिएर रहेका आदिवासी समुदायहरुको समस्या लगभग एकै प्रकृतिको भएको महसुस गरी उनिहरुको हक अधिकार सुनिश्चित गर्न, भाषा संस्कृति एवं परम्परागत ज्ञान र शिपलाई जगेर्ना गर्ने उदेश्यले संयुक्त राष्ट्र संघको बिशेष कार्यदलको पहिलो बैठक सम्पन्न भएको दिन ‘अगस्त ९’
(सन् १९८२, जेनेभा) लाई बिशेष स्मरणीय दिनको रुपमा संयुक्त राष्ट्र संघले ‘विश्व आदिवासी दिवस’ घोषणा गरेको हो । यस् पस्चात नेपालका आदिवासी जनजातिहरूले पनि सन् १९९३ देखि प्रत्येक वर्ष अगस्त ९ लाई विशेष रुपमा बिबिध चेतना मुलक कार्यक्रम सहित आदिवासी जनजातिहरूको हक अधिकार, संस्कृति, पहिचानको आन्दोलनको रूपमा मनाउँदै आएका छन् ।

नेपाल आदिवासी जनजाती महासंघ, कुवेत शाखामा आवद्ध कुवेतमा कृयाशिल जातिय सस्थाहरु;
१) नेपाल मगर संघ, कुवेत
२) तमू समाज, कुवेत
३) नेपाल तमाङ धेदुङ, कुवेत
४) किराँत राई यायोख्खा, कुवेत
५) किराँत याक्थुङ्ग चुम्लुङ्ग, कुवेत
६) सुनुवार सेवा समाज, कुवेत
७) तमू प्ये ल्हु संघ, कुवेत
८) नेवाँ गुठी, कुवेत

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...