News Portal

  • तनहुँ सेवा समाजकाे तेश्रो अधिवेशन सम्पन्न अध्यक्षमा सोम बहादुर खत्री चयन

    हिमालीसंचार संवाददाता
    २१५ पटक

    कुवेत– तनहुँ सेवा समाजले तेश्रो अधिवेशन सम्पन्न भएको छ। हिजो १२ जुलाइ २०२४ का दिन कुवेतको फरवानियास्थित सेफ नाैसाद सिग्नेचर रेष्टुरेण्टको सभाहलमा सम्पन्न अधिवेशनबाट सन २०२४-२०२६ कार्यकालको लागि सोम बहादुर खत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ । २११ औ भानु जयन्ती सम्पन्न गरिएको समाजको तेश्रो अधिवेशन समारोहमा भानुभक्त विशेष कविता वाचन तथा रामायण वाचन समेत गरिएको थियो ।

    अधिवेशन आयोजक समितीका संयोजक सोम बहादुर खत्रीको सभाध्यक्षता, नेपाली राजदूतावास कुवेतका तृतीय सचिव रेबन्त बहादुर केसीको प्रमुख अातिथ्यता तथा गैर अावासीय नेपाली संघ राष्ट्रिय समन्वय समिती कुवेतका अध्यक्ष रणध्वज लामा तथा समाजका संरक्षक,सल्लाहकारहरूको विशेष अातिथ्यतामा सम्पन्न अधिवेशनका अतिथिहरूमा विभिन्न राजनितीक दलका भातृ संगठनका प्रमुख एवं प्रतिनिधीहरू, कुवेतमा कृयाशिल मिडिया हाउसका पत्रकारहरू, विभिन्न संघ संस्थाका पदाधिकारी एवं प्रतिनिधिहरू साथै समाजसेवी/वुद्धिजीवीहरू अतिथि रहेका थिए ।

    तनहुँ जन्मथलो भइ कुवेतमा कार्यरत नेपालीहरूको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रम दिप प्रज्वलन र भानुभक्तको तस्बिरमा अविर र माल्यार्पण गरेर शुरू भएको थियो भने शुभकामना मन्तव्य दिने वक्ताहरूले अधिवेशनबाट निर्वाचित हुने नयाँ कार्यसमितीलाइ हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना दिदै तनहुँ समाजले अधिवेशन तथा भानु जयन्ती एकैसाथ मनाएर समाजको हरेक वर्ष हुने कार्यक्रममा भानु जयन्तीलाइ समेत समेटेकोमा खुशी व्यक्त गरेका थिए । सन २००९ मा गठन भइ विगत केही वर्षदेखि निष्कृय रहेको समाजले पुनः कृयाशिल भइ यति भव्य अधिवेशन गरेकोमा धन्यवाद दिंदै सामाजिक र मानविय सेवाका कार्यमा सहकार्य गरेर अघि बढ्नु पर्ने बताएका थिए ।

    अधिवेशन सँससँगै २११ औ भानु जयन्ती मनाइएकोले संस्थाका वरिष्ठ सल्लाहकार राजेन्द्र रसाइली “विरही” कार्यक्रममा सबैलाइ स्वागत गर्दै भानुभक्त विशेष कविता वाचन गरिएको उक्त कार्यक्रममा रामायण समेत वाचन गरेर सुनाएका थिए भने शुभकामना मन्तव्य दिने अन्य वक्ताहरूले समेत भानुभक्तलाइ स्मरण गर्दै काव्य रचनामा नयाँ शैलीको विकास गरेका नेपाली भाषाको अाधुनिककालका प्रथम कवि भानुभक्त र उनले नेपाली भाषा र साहित्यको विकासको लागि खेलेको अग्रणि भूमिकाको चर्चा गर्दै भानु विशेष कविताहरू समेत वाचन गरेका थिए ।

    तेश्रो अधिवेशनबाट निर्वाचित भएको नयाँ कार्यसमिती यस प्रकार रहेको छ ।

    कार्यकारीहरूः
    अध्यक्ष – सोम ब. खत्री
    बरिस्ठ उपाध्यक्ष – ईन्द्र बहादुर थापा
    महिला उपाध्यक्ष – मधु थापा
    महासचिव – मीन ब. थापा
    सह सचीव ( दया बिक्रम देवकोटा
    महिला सचिव – माया मल्ल
    कोषाध्यक्ष – मिस्रा मल्ल
    सह कोषाध्यक्ष – मेग ब. आले

    खेलकुद बिभाग प्रमुख निरज क्षेत्री
    सास्कृतिक बिभाग प्रमुख – दिल
    समाज बिभाग प्रमुख – कुल ब. थापा
    समाज बिभाग सह प्रमुख विशाल मगर
    प्रवक्ता – सुरज थापा
    सह प्रवक्ता – बिक्रम श्रेष्ठ

    सदस्यहरुः
    अशोक सिजाली
    वसन्त थापा
    भोग ब. पुलामी
    बाबू राना
    रेशम आले
    चुम्मक आले
    ज्योती आले
    केशर थापा
    केशु थापा मगर
    मदन कुमाल
    अनिल परियार
    सुमन थापा
    रामचन्द्र अधिकारी
    केशु खत्री
    तेजु राना मगर
    डल्ली मगर्न
    टीका मगर दाजु
    शिव गुरुङ
    बेल ब. मगर
    मदन गुरुङ
    तेजु राना मगर
    शिशिर थापा

    संरक्षक-सल्लाकारहरूः
    संरक्षक – आनन्द आचार्य
    प्रमुख सल्लाहकार – राजेन्द्र रसाईली “बिरही”
    सल्लाहकार – प्रकाश गिरि
    सल्लाहकार – सन्त लम्साल
    सल्लाहकार – ईश्वर प्र. पोख्रेल
    सल्लाहकार – अमृता राई
    सल्लाहकार – पुर्णिम लामा
    सल्लाहकार – लाल ब. घताने

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ७ सय म्यासेज पठाएर हैरानी, नुवाकोट युवक प्रहरी हिरासतमा

    काठमाडौं, भदौ १२ – नुवाकोटका २७ वर्षीय सुमित भट्टराईले २० वर्षीया युवतीलाई लगातार हैरानी दिएको...

    ओली सचिवालयद्वारा भण्डारीसँग सम्बन्धित समाचार खण्डन

    काठमाडौं, भदौ १२ – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगको अनौपचारिक...

    बिहारमा उच्च सतर्कता : नेपाल हुँदै भारत प्रवेश गरेको आतंकवादीको आशंका

    काठमाडौं, भदौ १२ – भारतको बिहार राज्यमा सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपालमार्ग हुँदै पाकिस्तानस्थित...

    प्रचण्ड : “विद्या भण्डारीलाई राजनीतिमा फर्कने बाटो मैले सजिलो बनाइदिएको हुँ”

    विराटनगर, भदौ १२ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय...

    आज २०८२ साल भदौ १२ गतेको राशिफल

    आज भदौ १२, २०८२ (अगस्त २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...