News Portal

अन्तर्राष्ट्रिय नेपाली समाजले आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्ती मनाउने

हिमालीसंचार संवाददाता
४७५ पटक

काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) अन्तर्गतको भाषा साहित्य समितिले आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्तीको अवसरमा साहित्यिक कार्यक्रम आयोजना गर्ने भएको छ।

समितिले आगामी असार ३० गते शनिबार अपराह्न ४ बजे भर्चुल माध्यमबाट कविता प्रतियोगिता आयोजना गर्न लागेको हो।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष तथा उपकुलपति एवम् नेपाली भाषा विज्ञ प्रा.डा. सुधा त्रिपाठीको प्रमुख आतिथ्यतामा हुन लागेको कार्यक्रममा आदिकवि आचार्यको सम्झनामा विभिन्न रचना वाचन समेत गरिने इन्स भाषा साहित्य समितिकी अध्यक्ष डा.जानुका पौडेलले जानकारी दिएकी छन्।

नेपाली भाषा साहित्यमा योगदान पुर्याएका आचार्यलाई सम्मान स्वरुप कार्यक्रम गर्न लागिएको अध्यक्ष पौडेलले बताइन्।

इन्सले गतवर्ष पनि भानु जयन्ती विशेष ढंगले मनाएको थियो। त्यस्तै, अन्य नेपाली भाषा, साहित्य तथा संस्कृतिका क्षेत्रमा योगदान दिने विभिन्न अवसरहरुमा कार्यक्रम गर्दै आइरहेको र असार ३० गते हुने भानु जयन्ती पनि त्यसैको निरन्तरताका रुपमा रहेको इन्सका अन्तर्राष्ट्रिय अध्यक्ष अर्जुन घिमिरिले बताए।

इन्स नेपालको भाषा, संस्कृतिको उत्थानका लागि विभिन्न तवरले सक्रिय संस्था हो जसले सामाजिक क्षेत्रमा पनि आफ्नो उपस्थिति बलियो बनाउने गरेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...