News Portal

पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले १५ औं स्थापना दिवस २ अगष्टमा मनाउने

हिमालीसंचार संवाददाता
२८० पटक

कुवेत– नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले १५ औं स्थापना दिवस आगामी २ अगष्टमा मनाउने भएको छ । कुवेतको सालमियास्थित गोर्खा किचनको सभाहलमा अध्यक्ष एकराज मल्लको अध्यक्षतामा आज बसेको बैठकले १५ औं स्थापना दिवस तथा स्व. माधव शाही स्मृति प्रवासी परोपकारी पत्रकारिता पुरस्कार वितरण साथै अन्तरक्रिया विशेष कार्यक्रम गर्ने निर्णय गरेको हो।

ऐरावती गाउँपालिका-४, प्यूठान स्थायी घर भई रोजगारका लागि कुवेत आएका पत्रकार माधव शाहीको ३६ वर्षको उमेरमा १४ अक्टोवर २०२१ मा निधन भएको थियो । उनको सम्झनामा स्व. माधव शाही स्मृति पत्रकारिता कोष खडा गरिएको थियो।

सोही कोषबाट कुवेतमा रहेर सकृय रुपमा पत्रकारिता गर्ने पत्रकारलाई प्रोत्साहन र हौसला स्वरुप महासंघले स्थापना दिवसको अवसरमा पुरस्कृत गर्दै आएको छ। माधव शाही स्मृति पुरस्कार छनोटका लागि जय आले मगर  संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । समितिमा एकराज मल्ल र लोमश बास्तोला  छन।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...