News Portal

कुवेत सरकारको आममाफीमा ३ हजार नेपालीहरू स्वदेश फर्किए

हिमालीसंचार संवाददाता
४२३ पटक

कुवेत– सरकारले जारी गरेको एम्नेस्टी प्रक्रिया सम्पन्न भएको छ। यस प्रक्रियामा गैरकानूनी रूपमा बसेका आप्रवासीहरूले स्वदेश फिर्ता हुन वा आफ्नो स्थिति कानूनी बनाउन अनुमति पाएका थिए।

मार्च १७ देखि जुन ३० तारिखसम्म खुलाइएको एम्नेस्टी प्रक्रियामा सहभागी हुन करिब ३ हजार नेपालीले यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्ट) लिएको नेपाली राजदूतावास कुवेतका सूचना अधिकारी प्रेमराज गौतमले जानकारी दिएका छन्।

अनुमति पत्र लिने सबैले कुवेत छोडेको एकिन विवरण कुवेत आप्रवासनसँग रहेको हुँदा यसै भन्न नसकिए पनि प्रायः स्वदेश गएको जानकारी प्राप्त भएको छ। एम्नेस्टी जारी भएको मितिभन्दा पछि स्पोन्सरको घर छोड्ने तथा कम्पनिबाट भाग्नेहरू जटिल समस्यामा परेका छन्।

कुवेतले एम्नेस्टीमा मार्च १७ भन्दा पहिला गैरकानूनी भएकाहरूले मात्र सहभागिता जनाउन सक्ने प्रावधान बनाएको थियो। तर सही सूचना बिना इलिगल हुदा धेरै नेपाली समस्यामा परेका छन्।

कुवेत सरकारले जारी गरेको एम्नेस्टी रिपोर्ट अनुसार ३५ हजार आप्रवासीहरूले अवसरको सदुपयोग गरेका छन् भने अझै ८५ हजार गैरकानूनी रूपमै रहेको जनाएको छ।

कुवेतले जुन १ देखि गैरकानूनी रूपमा बसोबास गर्ने तथा कानुनको पालना नगर्नेहरूलाई लक्षित गर्दै धरपकट सुरु गरेको छ भने, पक्राउ पर्नेहरूलाई सदाका लागि डिपोर्ट गर्ने भएको छ।

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...