News Portal

नेपाली जनसम्पर्क समिति कुवेतको  चौथो अधिवेशनको सम्पूर्ण तयारी पूरा

हिमालीसंचार संवाददाता
२८८ पटक

कुवेत – नेपाली काङ्ग्रेसका उपसभापति तथा पूर्व मन्त्री एवम् प्रतिनिधि सभा सदस्य धनराज गुरुङ र केन्द्रीय सदस्य तथा पूर्व सांसद प्रकाश रसाईली स्नेही कुवेत आउने भएका छन।

नेपाली काङ्ग्रेको प्रवासी भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेतको २१ जुन २०२४ मा कुवेतस्थित शेफ नौशाद रेष्टुरेण्टको सभाहल फर्वानियामा सम्पन्न हुने चौथो अधिवेशनका लागि उपसभापति गुरुङ र केन्द्रीय सदस्य रसाईली कुवेत आउन लागेको समितिका सल्लाहकार मन्जित राईले जानकारी दिएका छन।

मितिले अधिवेशन समारोह सफल बनाउन तीन सदस्यीय संयोजक समिति गठन गरेको छ । समितिको संयोजकमा प्रदिप कार्की , सह-संयोजकमा मदन पनेरु र सदस्यमा जिवन निरौला रहेका छन । कुवेतको नेपाली समाजमा जनसम्पर्क समिति कुवेतको स्थापना सन् २०११ मा भएको हो।

जनसम्पर्क समिति कुवेतले नेपालको विभिन्न ठाउँबाट रोजगारीको सिलसिलामा कुवेतमा आई कार्यरत नेपाली कांग्रेससंग आस्थावान् सबैलाई संगठित गर्दै, यहाँ कृयाशिल सबै संघ-संस्थासंग सहकार्य र समन्वय गर्दै नेपाली श्रमिकहरुका समस्या समाधानका लागि संगठनात्मक ढँगबाट पहल गर्ने लगायतका कार्यहरु गर्दै आएको छ।

कुवेतमा कार्यरत रही समाजवादी-लोकतान्त्रीक राजनीतिक प्रति आस्थावान् साथै नेपाली संघ-संस्था, बुद्धिजिवी, भद्रभलाद्मी, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी लगायत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई गरिमामय उपस्थितिको लागि जनसम्पर्क समिति कुवेतका सभापति राजेन्द्र रसाईली बिरहीले अनुरोध गरेका छन ।                    कार्यक्रम हुने समय स्थान मिति

मिति =जुन २१ २०२४

समय = ११ बजे

स्थान = सेफ  नाैसाद सिग्नेचर रेस्टुरेन्ट फरवानिया कुवेत 

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...