News Portal

नेपाल कुवेत साँस्कृतिक मन्चले दोहोरी गायिका “पूर्णकला बीसी”को साथमा तिज मनाउने

हिमालीसंचार संवाददाता
४५६ पटक

कुबेत– “हाम्रो संस्कृति, हाम्रो पहिचान” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित सबै भन्दा पुरानो सांगीतिक संस्था नेपाल कुवैत सांस्कृतिक मञ्चले आफ्नो २३ औं प्रस्तुती स्वरुप नेपाली नारीहरुको महान पर्वको पावन अवसरमा हरितालिका तिज विशेष सास्कृतिक कार्यक्रम आगामी ०६ सेप्टेम्बर २०२४ का दिन चर्चित राष्ट्रिय लोक दोहोरी गायिका “पूर्णकला बीसी”को साथमा कुवेतको जिलिपस्थित एस्पाएर ईन्डियन स्कुलको सभाहलमा मनाउने भएको छ।

नेपाल कुवेत साँस्कृतिक मञ्चले स्थापना कालदेखी हरेक बर्षहरुमा नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज बिशेष सांगितिक धमाका गर्दै आएको छ। नेपाली कला र संस्कृतिको जगेर्णा तथा सांगीतिक मनोरन्जन प्रदान गर्ने नेपाल कुवेत साँस्कृतिक मञ्चको प्रतिबद्धता रहेको समेत जनाएको छ । उक्त कार्यक्रममा चर्चित लोकदोहोरी गायिका “पूर्णकला बीसी”को साथमा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

भने चर्चित लोकदोहोरीगायिका “पूर्णकला बीसी”ले आफ्नो धमाकेदार प्रस्तुति लिएर आउने संस्थाका अध्यक्ष गोबिन्द बरालले जानकारी गराउनुभएकोछ । तिज विशेष साँस्कृतिक कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न कुवेतमा कृयाशिल नेपाली संघ संस्था, पत्रकार, खेलाडी, समाजसेवी, वुद्धिजीवि लगायत कुवेतमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दै उक्त दिन कुवेतमा कृयाशिल कुनै पनि संघ संस्थाहरु लाई कार्यक्रम नजुधाइदिनुहुन पनि मञ्चले हार्दिक अनुरोध गरेको  ।

 

कार्यक्रम विवरण कार्यक्रम

हरितालिका तिज विशेष सांस्कृतिक कार्यक्रम

मिति :- ०६ सेक्टेम्वर २०२४, शुक्रबार

समय :- मध्यान १२:०० बजे

स्थान :- एस्पाएर ईन्डियन स्कुल, जिलिब, कुवेत

आयोजक :- नेपाल कुवेत सांस्कृतिक मन्च

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...