News Portal

मोरङको रंगेली मिनिल्याण्ड बोर्डिङ स्कुलले वातावरण दिवस मनायो

रबिन्द्र बराल, मोरङ
२८६ पटक

जेष्ठ-२४, बिहीबार/मोरङ – मोङको रङ्गेली नगरपालिका-७ मा रहेको मिनिल्याण्ड इङ्लिश बोर्डिङ स्कुलले एक कार्यक्रमको आयोजना गर्दे विश्व वातावरण दिवस मनाएको छ।

बिधालयले सो अवसरमा विभिन्न कार्यक्रमको आयोजना समेत गराएको छ । विद्यालयले वातावरण स्वच्छ राख्नका लागि विश्व वातावरण दिवस मनाउँदै विद्यालयको प्राङ्गणमा विभिन्न प्रजातिका बोटबिरुवाको वृक्षारोपण समेत गरेको छ।  

विद्यालयका प्रधानाध्यापक विकर्ण कार्की, शिक्षक-शिक्षिका तथा विधार्थीहरुले वृक्षारोपण गरेर विश्व वातावरण दिवस मनाएको हो। त्यसैगरी विद्यालयमा अध्ययनरत छात्र छात्राहरूले वातावरण सम्बन्धी शीर्षक राखेर  कविता प्रतियोगिता, चित्रकला र वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको थियो। 

यस्ता कार्यक्रमले  बिधार्थीहरुको गतिविधि र विद्यार्थीहरूलाई वातावरणको महत्त्व बुझ्न र वातावरण संरक्षणको महत्वबारे जागरूकता फैलाउन मद्दत पुग्ने बिधालयका प्रिन्सिपल विकर्ण कार्कीले बताए ।

 

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...