आज : २०२६-०६-२९, सोमबार

मोरङको रंगेली मिनिल्याण्ड बोर्डिङ स्कुलले वातावरण दिवस मनायो

जेष्ठ-२४, बिहीबार/मोरङ – मोङको रङ्गेली नगरपालिका-७ मा रहेको मिनिल्याण्ड इङ्लिश बोर्डिङ स्कुलले एक कार्यक्रमको आयोजना गर्दे विश्व वातावरण दिवस मनाएको छ।

बिधालयले सो अवसरमा विभिन्न कार्यक्रमको आयोजना समेत गराएको छ । विद्यालयले वातावरण स्वच्छ राख्नका लागि विश्व वातावरण दिवस मनाउँदै विद्यालयको प्राङ्गणमा विभिन्न प्रजातिका बोटबिरुवाको वृक्षारोपण समेत गरेको छ।  

विद्यालयका प्रधानाध्यापक विकर्ण कार्की, शिक्षक-शिक्षिका तथा विधार्थीहरुले वृक्षारोपण गरेर विश्व वातावरण दिवस मनाएको हो। त्यसैगरी विद्यालयमा अध्ययनरत छात्र छात्राहरूले वातावरण सम्बन्धी शीर्षक राखेर  कविता प्रतियोगिता, चित्रकला र वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको थियो। 

यस्ता कार्यक्रमले  बिधार्थीहरुको गतिविधि र विद्यार्थीहरूलाई वातावरणको महत्त्व बुझ्न र वातावरण संरक्षणको महत्वबारे जागरूकता फैलाउन मद्दत पुग्ने बिधालयका प्रिन्सिपल विकर्ण कार्कीले बताए ।