News Portal

बाख्रापालनबाट गाउँमै वार्षिक ८ लाख आम्दानी गर्छन दीपक दाहाल

७१४ पटक

कविराज घिमिरे
धनकुटा : कृषिप्रधान मुलुक भएरपनि धेरै नेपालीको रोजाइमा कृषि पेसा अझै पर्न सकेको छैन । कृषिमा खासै भविष्य नदेखेरै दैनिक सयौं नेपाली विदेश पलायन भइरहेका छन् । तर, मिहिनेत र लगनशीलताका साथ काम गर्ने कतिपय भने कृषिबाट आफू त सफल भएका छन् नै अरुलाईसमेत रोजगारी दिन सफल भएका छन् ।

धनकुटाको चौबिसे गाउँपालिकाका दीपक दाहाल विगत ६ वर्षदेखि बाख्रापालन गरिरहेका छन् । पेसाको खोजीमा यहाँबाट विदेश या सहरतिर निस्किएपछि गाउँ नै रित्तिने अवस्थामा पुगेको छ । तर, दीपक भने आत्मविश्वासका साथ गाउँमै व्यवसाय गरिरहेका छन् । बाख्रापालनबाटै आफ्नो सुन्दर भविष्य देखिरहेका छन् ।

५० रोपनी जग्गामा आधुनिक खोर बनाएर करिब २०० बाख्रापालन गरिरहेका उनले गाउँमै रोजगारी र आम्दानीको अवसर भएको उदाहरण दर्शाएका छन् । बाख्रापालन तत्कालका लागि भन्दापनि दीर्घकालीन आम्दानीको स्रोत भएको उनको बुझाइ छ । गाउँघरमा पनि बाटोघाटो र यातायातको सुविधा पुगिसकेकाले उनलाई न त बाख्राका लागि घाँस, दानापानी ल्याउन अप्ठ्यारो छ न त बजारको समस्या नै ।

उनले यसबाट खर्च कटाएर वार्षिक ८ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । गाउँमा भविष्य नदेखेर विदेश र सहर चहार्नेलाई गाउँमै फर्किएर कृषिमा लाग्न उनको सुझाव छ ।

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...