News Portal

  • आगामी २६ जुलाईमा प्रवासी नेपाली मञ्च कुवेतको चौथो अधिवेशन हुँदै

    हिमालीसंचार संवाददाता
    २८२ पटक

    कुवेत। नेकपा एमालेकाे वैदेशिक भातृ संगठन प्रवासी नेपाली मञ्च कुवेतको चौथो अधिवेशन २६ जुलाई २०२४ मा हुने भएको छ।

    मञ्च कुवेतको चौथो अधिवेशन खैतानस्थिन राजधानी होटलको सभाहलमा नेकपा एमालेको प्रभावशाली नेताको उपस्थितिमा चौथो अधिवेशन हुने।

    त्यस्तै, प्रवास संगठन अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष तथा पदाधिकारीको समेत उपस्थिति रहने बताइएको छ। उक्त कार्यक्रम बिहानको ठिक ११ बजेदेखि सुरु हुने कार्यक्रममा सांस्कृतिक प्रस्तुति समेत रहने छ।

    कुवेतको नेपाली समाजमा सन् २०१२ मा स्थापना भएको प्रवासी नेपाली मञ्चले कुवेतमा कार्यरत रहेर नेकपा एमालेसंग आस्थावान् सबैलाई संगठित गर्दै यहाँ कृयाशिल नेपाली संघ-संस्थासंग सहकार्य र समन्वय गरी नेपाली श्रमिकका समस्या समाधानका लागि संगठनात्मक ढँगबाट पहल गर्नेलगायतका कार्यहरु गर्दै आएको छ।

    यो अधिवेशनको दिन कुवेतस्थित नेपाली विभिन्न संघ-संस्था, सामाजिक अभियन्ता, राजनैतिक बैचारिक संगठन, पत्रकार, खेलाडीलगायत नेपाली श्रमिक दाजुभाई दिदिबहिनिलाई उपस्थितिको लागि आयोजक संस्थाले अनुरोध गरेको छ।

    साथै सोही मिति र समयमा कुवेतमा कुनै पनि कार्यक्रम नजुधाईदिन समेत आयोजकले अपिल गरेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    गगन थापा : “महाधिवेशन नगर्नु कांग्रेस र नागरिक दुवैप्रति अन्याय हो”

    काठमाडौं, कार्तिक ११ – नेपाली कांग्रेसभित्र महाधिवेशनको विषयले पुनः विवाद चर्काएको छ। महामन्त्री गगन थापा...

    जेनजी युनाइटेडका प्रतिनिधिहरू प्रधानमन्त्रीसँग भेट, एकता कायम गराउन आग्रह

    काठमाडौं, कार्तिक ११ – जेनजी युनाइटेडका नाममा संगठित नौ जना युवायुवती सिंहदरबार पुगेर प्रधानमन्त्री सुशीला...

    मेयर साहले गृहमन्त्री हटाउन भेटे प्रधानमन्त्री

    काठमाडौं, कार्तिक ११ — काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग निकट युवा समूहले गृहमन्त्री ओमप्रकाश अर्याललाई...

    जापानमा निश्चित सिपयुक्त श्रमिक पठाउन मागपत्र प्रमाणीकरण सुरु

    काठमाडौं, कात्तिक ११ – जापानमा निश्चित सिपयुक्त श्रमिक (एसएसडब्लू) पठाउन मागपत्र प्रमाणीकरण सुरु भएको छ। जापानस्थित...

    जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दुई नयाँ दल दर्ता

    काठमाडौं, कात्तिक ११ – जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दुई नयाँ राजनीतिक दल दर्ता भएका छन्।...