News Portal

राष्ट्रपति भण्डारीको दसैँ टीका भाइरल भएपछि भाइ टीकामा पत्रकारलाई प्रवेश निषेध !

हिमाली संचार संवाददाता
९८४ पटक

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले टीका लगाएको फोटो खिच्न पत्रकारलाई निषेध गरियो । फोटो खिच्न शीतल निवास पुगेका पत्रकार गेटबाटै फर्काइएका थिए ।

दसैँमा घुँडा टेकाएर राष्ट्रपतिले टीका लगाएको फोटो सार्वजनिक भएपछि निकै आलोचना भएको थियो । त्यसैका कारण तिहारको टीकाको फोटो खिच्न नदिइएको आशंका गरिएको छ । यद्यपि यो कार्यको पनि सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ ।

राष्ट्पति भण्डारीले शुक्रबार बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी टीका लगाइदिएकी थिइन् ।

राष्ट्रपति भवन शीतलनिवासमा भएको भाइटीकाको कार्यक्रममा राष्ट्रपति भण्डारीले टीका लगाएर भाइलाई आशीर्वाद दिँदै दुबो, मखमलीयुक्त माला लगाइ कटुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गरिन् । भाइ डेगेन्द्र पाण्डेले यथाशक्य दक्षिणा प्रदान गरेर उनीसँग आशीर्वाद लिएको राससले जनाएको छ ।

त्यसअघि राष्ट्रपतिले शास्त्रोक्त विधिपूर्वक दीप, कलश, गणेशका साथै अष्टचिरञ्जीवी र यमयमुनाको पूजा अर्चना गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...