News Portal

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त, पाण्डेलाई नियुक्ति गर्न परमादेश

हिमालीसंचार संवाददाता
९३ पटक

पोखरा। सर्वोच्च अदालतले गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएको फैसला सुनाएको छ। साथै अब गण्डकी प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा सभामुख कृष्णप्रसाद धितालले ३० जनाको समर्थनमै मुख्यमन्त्री खगराजले विश्वासको मत पाएको घोषणा गरेका थिए।

जबकी संविधान अनुसार ३१ प्रदेशसभा सदस्यले समर्थन गर्नुपर्ने थियो। सभामुख प्रयोग भएर खगराजलाई विश्वासको मत दिलाएपछि कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे सर्वोच्च गएका थिए।

सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र सुनील पोखरेलको इजलासले खगराजलाई पदमुक्त गर्दै ठूलो दलको हैसियतमा सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको हो।

प्रतिकृया दिनुहोस्

मोरङको गेउरिया पुल १० बर्ष बितिसक्दा समेत संचालनमा आउन सकेन

असार-१४, शुक्रबार/मोरङ – मोरङको रंगेली कानेपोखरी सडक खण्ड अन्तर्गत कानेपोखरी गाउँपालिका-२ स्थित गेउरीया पुलको निर्माण...

बोलिभियामा ‘कू’ प्रयास असफल, सेना प्रमुख पक्राउ

एजेन्सी। दक्षिण अमेरिकी देश बोलिभियामा कू प्रयास असफल भएको छ। बोलिभियाका सैनिकहरूले राजधानी ला पाजस्थित...

मोरङको रङ्गेली प्रहरीद्वारा १५ सय केजी गाँजा सहित एक युवा पक्राउ (फोटो फिचर)

असार-१४, बिहीबार/मोरङ – मोरङको रंगेली इलाका प्रहरी कार्यालय रंगेलीले अहिलेसम्मकै ठूलो परिणाममा गाँजा सहित एक...

गण्डकीका सांसद देवकोटालाई संसद प्रवेशमा रोक

काठमाडौं। गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटालाई प्रदेश सभा प्रवेशमा रोक लगाइएको छ। उनलाई मर्यादा पालकले...

मोरङको रंगेलीमा घाँघी खोलाले एक वृद्ध बगायो

असार-१३, बिहीबार/मोरङ – मोरङको रङ्गेली नगरपालिका ४ स्थित चोप्राह नजिकमा रहेको घाँघी खोलाले बगाएर एकजना...

फेसबुक

 

अध्यक्ष : हरि बहादुर बानियाँ

प्रधान सम्पादक : संजीव कुमार राई

कार्यकारी सम्पादक : कमल सिंह

सम्पादक : सुजन कँडेल

साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

विशेष प्रतिनिधि/संवाददाता :
१) नवराज राई (संखुवासभा)
२) रबिन्द्र बराल (मोरङ)
३) राम प्रसाद ढुंगेल (युएई)
४) युवराज राई (हेटौंडा)
५) अमृता राई (इलाम)

बिज्ञापनका लागि :
कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

सम्पर्क नम्बर : 9862181818

ईमेल : [email protected]

दर्ता न. : ३१४७ (सूचना विभाग)

पुरा टीम

Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal