News Portal

नेपालगन्जबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस दुर्घटना

हिमालीसंचार संवाददाता
४२४ पटक

काठमाडौँ। नेपालगन्जबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस त्रिशुली नदीको किनारमा खसेको छ।

चितवनको फिस्लिङ बजार नजिक बस दुर्घटना भएको हो।

काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०३९च ३७२० नम्बरको कारसँग ठोक्किएर नेपालगन्जबाट काठमाडौँ आउँदै गरेको भे १ ख ४०६२ नम्बरको बस शुक्रवार बिहान साढे ७ बजेतिर त्रिशुली किनारमा खसेको हो।

दुर्घटनामा २० जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ। गम्भीर घाइते भएका कारमा सवार सबैलाई उपचारका लागि चितवन पठाइएको प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

बसमा ४५ जना यात्री थिए। सबै यात्रीको अवस्था सामान्य छ। तिब्र गतीमा रहेको कारलाई जोगाउन खोज्दा बस त्रिशुली किनारमा खसेको हो।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...